कर्मचारीलाई कोरोना पुष्टि भएपछि जिल्ला प्रशासन गुल्मी बाट सेवा प्रवाह बन्द



तिलाचन पाण्डे -माघ १० गुल्मी ।

जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारीहरुलाई सङ्क्रमण पुष्टि भएपछि अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गरिएको छ ।

कार्यालयमा कार्यरत तीन जना कर्मचारीहरुलाई सङ्क्रमण पुष्टि भएको र अन्यलाई समेत केही लक्षणहरु देखा परेपछि परेकाले माघ ११ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरु बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पुन्यविक्रम पौडेलले जानकारी दिनुभयो ।

पछिल्लो समयमा कार्यालयमा सेवा ग्राहीहरुको भीडभाड पनि बढी भएकाले भीडभाडमा सेवा प्रवाह गर्दा थप जोखिम हुने भएकाले यस्तो निर्णय गरिएको पौडेलले बताउनुभयो ।

अत्यावश्यक सेवा लिन आउँदा समेत खोप लगाएको कार्ड अनिवार्य रुपमा ल्याउनुपर्ने छ । बढी भीडभाड नगर्न र स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्न जिल्ला प्रशासन कार्यालय गुल्मीले आग्रह समेत गरेको छ ।

सोमबार मात्रै जिल्लामा ६६ जनामा सङ्क्रमण पुष्टि भएको र जिल्लामा कुल सक्रिय सङ्क्रमितको सङ्ख्या २८८ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । सङ्क्रमण कारण जिल्लामा ९७ जनाको ज्यान गइसकेको छ ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता