करदाता सेवा कार्यालय गुल्मीद्धारा ३२ करोड भन्दा बढी राजस्व संकलन



सुर्य सुनार साउन १० गुल्मी ।

करदाता सेवा कार्यालय गुल्मीले आर्थिक वर्ष ०७८ र ०७९ असारमसान्त सम्म ३२ करोड ९१ लाख ३२ हजार २६६ राजस्व संकलन गरेको छ ।
जस अनुसार आय कर १७ करोड १ लाख ६४ हजार , मुल्य अभिवृद्धी कर १३ करोड ५० लाख ५ हजार अन्त शुल्क कर ७४ करोड १ हजार संकलन भएको करदाता सेवा कार्यालय गुल्मीका प्रमुख जमुना गिरीले बताइन् । पहिले भन्दा अहिले करमा वृद्धी भएपनि अझै सम्पूर्ण व्यवसाय करको दायरामा नआएको बताइन् ।

कर सम्बन्धी सेवाप्रवाह, बजार अनुगमन, कर संकलन, खाता प्रमाणीत, भ्याटमा दर्ता, कारोवार परिर्वतन, अन्तशुल्क संकलन, व्यवसाय खारेज, कर शिक्षा जस्ता सेवा प्रवाह कार्यालय मार्फत काम भएको करदाता सेवा कार्यालय गुल्मीका प्रमुख गिरीले बताइन् ।

जिल्लामा अन्तःशुल्क कर तिर्ने व्यवसाय १ हजार १८६, दर्ता भएको तर अहिले सक्रिय १ हजार ३९ रहेको छ । मुल्य अभिवृद्धी कर ८ सय १५ दर्ता रहेकोमा ७२० सक्रिय रहेको छ । आय कर तर्फ ११ हजार ७ सय ९६ छन् । जसमध्य १० हजार ९ सय ४ अहिले सम्म सक्रिय रहेको कार्यालय प्रमुख गिरीले बताइन् ।
जिल्लामा कर सेवा कार्यालयले राजस्व संकलनमा वृद्धी गर्नु राम्रो पक्ष भएपनि सबै व्यवसायलाई करको दायरामा ल्याउन आवश्यक काम गर्न जरुरी देखिन्छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता