कपिलबस्तुमा पेस्तोल देखाएर ३ लाख लुटियो




गुलाम अली  कपिलबस्तु, भदौं ३
नचिनेका मान्छेको समूहले हतियार देखाएर कपिलबस्तु नगरपालिका वडा नं। १ तौलिहवाबाट सिकोटवा जाने बाटोमा ३ लाख रुपैयाँ लुटेका छन् ।

कपिलबस्तुको तौलिहवामा रहेको वाणिज्य बैंकबाट पैसा निकालेर  बुद्धभुमि नगरपालिका वडा नं। १० विजगौरी तर्फ जाँदै गरेका कुबेर धोवीको साथबाट  ३ लाख रुपैयाँ नगद लुटेको  प्रहरीले जनाएको छ ।
नम्बर नखुलेको मोटरसाइकलमा आएका २ जनाले पेस्तोल देखाएर पैसा लुटेको धोवीले बताउनु भएको छ । उनको साथमा रहेको ४ वटा नागरिकता अन्य कागजात सहीत उक्त रकम लुटिएको प्रहरीले जनाएको छ । लुटपाटमा संलग्नहरुको खोजी भैरहेको प्रहरी नयाब उपरिक्षक सुनील मल्लले बताउनुभयो  ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता