एमालेमा अहिले उल्टो छः धनेन्द्र कार्की



गुल्मी कार्तिक ७ ।

गुल्मी क्षेत्र नम्वर १, प्रदेश २ का बाम लोकतान्त्रिक गठबन्धनका साझा उमेदवार धनेन्द्र कार्कीले गएको चुनावमा एमालेमा रहेको राजनैतिक शक्ती अहिले कांग्रेसमा रहेर एमाले यसपालीको निर्वाचनमा उल्टोमा परेकोले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् ।
२०४७ सालको निर्वाचनमा एमाले माओवादी र जनमोर्चा सहितको बाम गठबन्धन थियो र कांग्रेस उमेदवार कार्कीले करिव ३२ सय मतान्तरले चुनाव हारेका थिए भने एमालेका कमलराज श्रेष्ठले जितेका थिए ।
अहिले नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा नेपाली कांग्रेस, एमालेबाटै फुटेको नेकपा एकिकृत समाजवादी एकै ठाउँमा छन् । त्यसका अलवा पनि चुनाव जित्ने पहिलो आधार यस अघि च्ुनाव जितेकाहरुले विकास केहि गर्न नसक्न्ु र दोश्रो आधार भनेको हिजोको राजनैतिक शक्ति अहिले गठबन्धनमा हुनु रहेको नेता कार्कीको भनाई छ ।
तपाईका चुनावी एजेण्डा के हुन त ? भन्ने प्रश्नमा उनले भने–‘ पहिलो कुरा त बाटोघाटो , खानेपानी लगायतको भौतिक विकासलाई मात्र विकास भनियो । तर मानव विकासमा भने अहिले सम्म धेरै जसोको ध्यान जान सकेन , थोरै प्रयास गरिए पनि प्रभावकारी भएको पार्ईएन ।
जसका कारण २५ बर्ष अघि देखि यस क्षेत्रबाट नेतृत्व गरेका कारण जनता आजित भई सकेका छन । यसर्थ म र बाम लोकतान्त्रिक गठबन्धनका उमेदवारहरुको पहिलो एजेण्डा भनेको गरिव जनताको जिवन स्तर उकास्नु हो ।
भलै हाम्रो जिल्लामा ठुलो उद्योग त चल्न नसक्लान तर कृृषिलाई साँचो अर्थमा ब्यबसायिकण गर्ने, विभिन्न सिपमुलक कार्यक्रम सञ्चालन गरेर बेरोजगारलाई स्वरोजगार बनाउने हाम्रो उद्देश्य छ । कैयौ जनता भुमिहिन छन उनिहरुलाई जग्गा धनी बनाउने , मनसुनका बेला असु्रक्षित वस्तीलाइ्र्र सुरक्षित बस्तीमा सार्ने , तम्घासको बुढिचौर , छापटोलाका दलितहरुले अघिल्लो निर्वाचनमा माग गरेको सुरक्षित वस्तीको बिषय यो चुनावमा आई पुगदा समेत जित्नेहरुबाट सम्वोधन हुन सकेको रहेनछ ।
उनिहरुको माग पुरा गर्ने मेले प्रण गर्दछु । कैयौं बाटो घाटो , पुल निर्माण लगायतका अलपत्र विकास निर्माण सम्पन्न गर्नेछु । गठबन्धनको सरकार बने पछि हाम्रो संयुक्त पहलमा सालझण्डी खज्र्याङ्ग सिमिचौर तम्घास सडकमा करोडौं बजेट पारेर काम सुरु गरिदैछ । गौडाकोट जुभुङ्ग मज्ुवा तुराङ्ग हुँदै शान्तिपुर जोडने सडक पनि अलपत्र पारियो । त्यसमा पनि बजेट पारेका छौं ।
रुद्रवेणी वामीटक्सार सडकमा पुलहरु नहुदा जनताले कति सास्ती खेप्दै आएका छन । जहाँ अहिले हामीले एकै साथ चार वटा पक्की पुल निर्माणका लागि करोडौ बजेट पारेका छौं । एक घर एकधार भनियो । तर धारा छन पानी छैन । खानेपानी जस्तो आधारभुत सुविधा जनताले पैसा तिरेर खाई रहेका छन ।
क्रमशः त्यसो अन्त्य गर्दै जाने छौ । विद्युत सुविधा पनि जनताले निशुल्क पाउनु पर्छ भन्ने हाम्रो मान्यता छ । अधिकतम नसकियला तर न्युनत निशुल्क सुविधा दिने हाम्रो लक्ष्य छ ।, जसको सुरुवात रुरुक्षेत्र गाउँपालिकाबाट सुरु गरेका छौं । विगतमा जित्नेहरुले जस्तै जनतालाई समृद्धिका झुटा सपना मात्रै बाँडेर बस्दैनौं । जनताले जिताउन मात्रै हामी ब्यवहारमा पिस पिस गनेर जनताले दिएको मतको हिसाव किताव बुझाउने छौं । ’
गुल्मीदरवार गाउँपालिका चारपाला निवासी कार्की २०३६ सालको जनमत संग्रह देखि नेपाली कांग्रेसको विद्यार्थीै राजनीतिमा लागेको बताउँछन । २०४८ साल देखि पार्टीको सक्रिय सदस्य हुँदै  गाउँ समिति देखि क्षेत्र जिल्ला हुँदै अहिले महासमिति सदस्य छन् । प्रदेश र केन्द्रका शिर्ष नेताहरु संग सिधा पहुँच राख्ने कार्कीैले जित्न सके त्यस प्रदेशका जनताले चाहेको विकास र समृद्धिको सपना पुरा हुने गठबन्धनका नेताहरुको भनाई छ ।

स्वच्छ छवि शालिन ब्यक्तित्वका धनी र विकास प्रेमी नेताका रुपमा परिचित कार्कीै यस अर्थमा पनि बलियो उमेदवारका रुपमा चर्चामा छन किन उनका प्रतिस्पर्धी उमेदवार एमालेका पर्शुराम पाण्डे आम सर्वसाधरणबाट कम परिचित छन ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता