एनआरएनए जापानको निर्वाचन लज्जास्पद,जबर्जस्ति उम्मेदवारको नाम काटेर संस्था बदनाम बन्दै !



साउन १३।
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान को निर्वाचन लज्जास्पद अबस्थामा पुगेको छ ।
अन्तर्राष्ट्रिय समन्वय परिषद(आईसीसी ) को सदस्य पदमा उम्मेदवार दिएका उम्मेदवारहरु प्रती घोर अपमान गर्दै विधि विधान विपरीत कुनै जानकारी बिना उम्मेदवारी खारेजी गरिदिएको पुष्टि भएको छ ।

अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) सदस्य पदमा उम्मेद्वारी दिएका सुमन कार्की माथी एनआरएनएले अन्याय गरेको हो ।

आफूलाई थाहा नै नदिई विधान विपरित हुने गरी आफ्नो उम्मेदवारी खारेज गरिएको भन्दै कार्कीले आपत्ति जनाउदै कानुनी उपचार खोज्ने चेतावनीसमेत दिएका छन् ।

आफूलाई थाहै नदिई सर्वसम्मतका नाममा निर्वाचन समितिले विपक्षीहरुको दबाबमा परेर आफ्नो उम्मेदवारी खारेज गरेको कार्कीले आरोप लगाए । आईसीसी सदस्यमा ६ जना निर्वाचित हुने प्रावधान भएपनि ९ जनाको उम्मेदवारी परेको थियो । २ जनाले उम्मेदवारी फिर्ता लिएपछि ७ जना बाँकी रहेकामा कार्कीको उम्मेदवारी खारेज गरेर ६ जना कायम गराइएको छ ।

बेलुका ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय भएपनि राती १० बजे इमेल गरेर उम्मेदवारी खारेज गरिएको जानकारी पठाइएको कार्कीले बताएका छन् ।

‘५ बजेसम्म फिर्ता लिन समय थियो, मलाई फिर्ता लिन दबाब दिइयो, तर मैले विधान अनुसार सबै प्रक्रिया पूरा गरेको छु, योग्य उम्मेदवार हुँ फिर्ता लिन्न भनेर अडान लिएँ’ कार्कीले भने, ‘तर, राती १० बजे तपाईको उम्मेदवारी खारेज गरियो भनेर मलाई मेल पठाइयो, मैले तत्कालै निर्वाचत समितिलाई यो मान्य हुँदैन भनेर लिखित रुपमै ध्यानाकर्षण गराएको छु ।’

यस्तै हर्कतका कारण पछिल्लो समय जापानको एनआरएनए प्रती वितृष्णा पैदा हुन थालेको छ ।
जापानमा एक लाख पचास हजार भन्दा धेरै नेपाली भएतापनी एनआरएनएमा भने जम्मा ७ हजारको हाराहारीमा मात्रै आबद्ध छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता