उपाधिका लागि नेपाल र भारत भिड्दै !



भदौ १४ ,

साफ यू–१५ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपालले आज आयोजक भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार पाँच बजेर १५ मिनेटमा सुरु हुनेछ । नेपाल बिहीबार भुटानलाई ६–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । भारतले बंगलादेशलाई ४–० गोलअन्तरले पराजित गर्दै फाइनल पुगेको हो ।

 

राउण्ड रोविनको आधारमा सञ्चालन भएको प्रतियोगिताबाट बंगलादेश, श्रीलंका र भुटानभने समूह चरणबाटै बाहिरिएका थिए ।
लिग चरणमा भएको आफ्नो हारको बदला लिने नेपाललाई राम्रो मौका मिलेको छ । नेपालले आफ्नो पहिलो खेलमा भारतसँग ५–० गोलअन्तरको हार ब्यहोरेको थियो । भारतलाई पराजित गर्दै नेपाल उपाधि रक्षा गर्न चाहन्छ । तर भारत भने आफ्नै घरेलु मैदानमा उपाधि जित्ने रणनीतिमा छ । अन्लाइन खबर बाट

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता