ईस्मा गाउँपालिकाको न्यायिक समिति र न्याय सम्पादनको अवस्था (अन्तरवार्ता)



गाउँ ठाउँमा हुने सामान्य झै झगडा स्थानीय तहलाई नै मिलाउन संधिानले अधिकार दिएको छ । स्थानीय तहले पनि उपाध्यक्षको संयोजकत्वमा न्यायिक समिति गठन गरी न्याय सम्पादनको काम गरिरहेका छन् । यसैबीच गुल्मीको ईस्मा गाउँपालिकामा भएका न्याय सम्पादनका कामका बारेमा रहेर गुल्मी अपडेटकर्मी डिबि खड्काकाले इस्मा गाउँपालिकाका उपाध्यक्ष बिमला खत्रीसगं कुराकानी गर्नुभएको छ ।

स्वागत छ यहाँलाई गुल्मी अपडेटको दैनिक सक्षिंप्त कुराकानी श्रृङ्खलामा

धन्यवाद,डिबी जी तपाई लगायत गुल्मी अपडेट परिवारलाई मेरो नमस्कार ।

ईस्मामा पछिल्लो समय न्यायिक समितिले के कस्ता कामहरु गरिरहेको छ ?

अवश्य पनि स्थानीय तहको संरचना पछि जब हरेक स्थानीय तहमा उपप्रमुखको सयोंजकत्वमा न्यायिक समिति रहने जुन व्यवस्था आयो । त्यही बमोजिम म ईस्मा गाउँपालिकाको उपाध्यक्ष र न्यायिक समितिको सयोंजक भएको नाताले पछिल्लो समय यीनै न्यायको क्षेत्रमा कार्यसम्पादन गर्दा नै दिनहरु बितेका छन् ।

गत वर्ष हाम्रो न्यायिक समितिमा ४० वटा मुद्धा दर्ता भएका थिए । जिल्ला प्रशासनमा गएका कतिपय साना तिना मुद्धाहरु पनि प्रशासनबाट गाउँपालिकामै पठाउनुभएको छ । गतवर्ष दर्ता भएका ३५ वटा मुद्धा मध्ये हाम्रो अधिकार क्षेत्र भित्र रहेका ३५ वटा मुद्धा मिलापत्र मार्फत समाधान गरेका छौँ ।

कतिपय अधिकार क्षेत्र बाहिर रहेका मुद्धाहरु पनि तपाईहरुले छलफल गर्नुपर्दछ भन्नुहुन्छ । हामीले फौजदारी केशहरु त हेर्दैनौँ । कतिपय अधिकार क्षेत्र भित्र नरहेपनि दुई पक्षको सहमतीमा मिलापत्र गर्ने गरिएको छ । त्यस्तै हामी निर्वाचित भएर आएपछि १ सय ८० वटा मुद्धा दर्ता भएकोमा हामीले १६० वटा मुद्धा मिलापत्र गराएका छौँ ।

सायद ईस्मामा जिल्लामै सबैभन्दा बढी मुद्धा पर्ने ठाउँ हो । त्यसकारण अहिले हामीले दुवै पक्षलाई जीत जीतको आभास गराएर चित्त नदुख्ने तरिकाले मिलापत्र गराएका छौँ । कतिपय व्यवहारिक रुपमा पनि हामीले मिलापत्र गराएका छौँ । कोही कोही ठाउँमा कस्तो हुन्छ भने जग्गा,भागवण्डाका पनि झैझगडाहरु आएका छन त्यस्तोलाई हामीले स्थलगत रुपमै त्यहाँको भ्रमण गरेर पनि मिलापत्र गराएका छौँ ।

यो आर्थिक वर्षमा कति वटा उजुरी परे र कति मिलापत्र भए ?

साउन देखि यता ३५ वटा मुद्धा दर्ता भएका छन् । त्यसमध्ये हामीले १९ वटा मुद्धा मिलापत्र गराईसकेका छौँ ।

खास कस्ता कस्ता मुद्धाहरु लिएर आउनुहुन्छ न्यायिक समितिमा ?

खासगरी न्यायिक समितिमा आउने मुद्धा भनेको झैझगडा कै मुद्धाहरु हो । त्यसमा पनि अशं भागवण्डा, रुखहरु काटेको मुद्धाहरु पनि आउँछन् । अधिकाशं झैझगडाकै मुद्धाहरु छन् । ईस्मा गाउँपालिकाको सन्दर्भमा विकास निर्माणका कामहरु गर्दा कुनै ठाउँ बाटोहरु मिचिए,खानेपानीका मुलहरुका लागि पनि तपाईहरुले सहजीकरण गरिदिनुपर्यो भनेर त्यस्ता निवेदनहरु पनि आउने गरेका छन् । गाउँपालिकामा रहेका सामुदायिक मेलमिलाप कर्ता र हामी बसेर ती मुद्धाहरु मिलापत्र गर्ने गरेका छौँ ।

न्याय दिने भनेको आफैमा चुनौतीपूणर् काम हो, कत्तिको अफ्ठयाराहरु आउने गर्दछन् ?

यसमा चुनौती त छ । सविंधानले व्यवस्था गर्यो, उपाध्यक्ष पदमा अधिकाशं ठाउँमा महिला दिदी बहिनीहरु नै हुनुहुन्छ । र एउटा कुरा त हाम्रो समाजमा महिलाको नेतृत्व स्वीकार्य छैन् अझैसम्म पनि र अर्को कुरा हामीलाई यति ठुलो जिम्मेवारी दिएको हुनाले हामीले त जसरी पनि गर्ने पर्ने हुन्छ ।

एउटा कुरा के रहेछ भने सैद्धान्तिक शिक्षा भन्दा पनि व्यवहारिक शिक्षा महत्वपूणर् हुँदो रहेछ । पछिल्लो समयमा कानुनी कुराहरु त अध्ययन गर्दै जाँदा थाहा पनि भयो । व्यवहारमा गर्दै जाँदा विस्तारै सहज हुँदै जाने रहेछ । मान्छे को सोँच के हुँदो रहेछ भने आफुले गल्ती गरेकै भएपनि मेरै पक्षमा फैसला गरिदिए हुन्थ्यो, मेरै पक्षमा लागे हुन्थ्यो भन्ने छ नि त ।

अब यसमा त चुनौती एकदमै छ तरपनि चुनौतीलाई सामना गरेर अगाडी बढ्नुपर्ने नै छ त्यसरी नै अगाडी बढेका छौँ । हामी जनप्रतिनिधिहरु राजनैतिक पृष्ठभुमीबाट आएको हुनाले दलीय रुपमा फैसला हुन्छ की भन्ने पनि गुनासोहरु आउने गर्दछन् । तर मलाई के लाग्छ भने हामी जुन जिम्मेवारीमा छौँ हामीले गरेको न्यायसम्पादन वास्तविक पीडितको न्याय हुनुपर्छ भनेर मैले त्यसरी काम गरेको छु भन्ने मलाई लाग्छ ।अहिलेसम्म हामीले गरेको न्याय सम्पादनमा त्यस्तो असन्तोष आएको छैन् ।

मुद्धाहरुको छिनोफानो गरीसकेपछि कस्तो आत्मसन्तुष्टी मिल्छ ?

मलाई त एकदमै आत्मसन्तुष्टी हुन्छ । मैले जहाँपनि भन्ने गरेको छु । मैले दिनभरी कुनै ठाउँ छलफलमा सहभागी भएर साँझ आज ठिकै गरे, मैले रामै्र गरे, न्याय दिलाए भनेर आफैले स्मरण गर्दछु दिनभरीका कुरा । मैले मेरो आत्म नै सन्तुष्टी गराउन सकेन भने मैले अरुलाई कसरी न्याय दिन सकुला भन्ने मलाई लाग्छ । र आजसम्म मैले कुनै पनि मुद्धाहरु छिनोफानो गर्दा पूर्वाग्रह ढगंले गरेको छैन् ।

हस धन्यवाद समय दिनुभएकोमा ।

धन्यवाद डिबी जी तपाई लगायत गुल्मी अपडेट परिवारलाई मेरा कुरा राख्ने अवसर दिनुभएकोमा । र गुल्मीमा नयाँ अनलाईन पत्रकारिताको रुपमा भर्खर सुरुवात भएको गुल्मी अपडेटलाई सफलताको शुभकामना ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता