इस्मा गाउँपालिका द्धारा जलस्रोत ऐन २०७८ सर्व समतले पारित !



असार २५।

गुल्मी :जिल्लाको इस्मा गाउँपालिकाले जलस्रोत सम्बन्धी ऐन २०७८ सर्व समतले पारित गरेको छ । आज शुक्रबार गाउँपालिकाको नवौं गाउँ सभाको दोस्रो बैठक बाट उक्त ऐन सर्वसमहतले पारित भएको इस्मा गाउँपालिकाका उपाध्यक्ष बिमला खत्रीले जानकारी दिईन ।
जलस्रोतलाई व्यवस्थीत गर्ने उदेश्यले यो ऐन पारित गरिएको गाउँपालिकाले जनाएको छ ।
यस ऐन मार्फत खानेपानि तथा सरसरफाई विकास वोर्ड गठन गरेर वडा तथा टोल स्तर सम्म विभिन्न समिति उप समिति गठन गरिने गाउँपालिकाका अध्यक्ष लक्ष्मण विष्टले जानकारी दिए ।
अध्यक्ष विष्टले भने “यो ऐन कार्यान्वनको लागी हामीले कर्यविधि बनाएका छौ ,सोहि कार्यविधि अनुसार अगाडी बढछौ “।
कार्यविधिमा कस्तो समिति बनाउने ,कस्ता व्याक्तmी नियुक्ती गर्ने जस्ता विषयहरु उल्लेख गरिएको छ ।
साथै यही ऐनकै आधरलाई टेकेर खानेपानीको महशुल , उपभोक्ताको दायित्व, पनि निधार्रण गरिने गाउँपालिकाले जानकारी दिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता