इस्मा गाउँपालिकामा स्थानीय पाठयक्रम निर्माणको तयारी !



सुमन महतारा गुल्मी ।

गुल्मीको इस्मा गाउँपालिकामा स्थानीय पाठयक्रम निर्माण सम्बन्धि प्रथम चरणको बैठक सम्पन्न भएको छ । शुक्रबार गाउँपालिकाको बहुउद्देश्यीय सभाहल दर्लामचौरमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा स्थानिय पाठयक्रम निर्माण गर्दाका बिषय, क्षेत्रहरु र निर्माण गर्दा अपनाउने चरणहरु र आइपर्ने समस्या र समधानका बिषयहरुमा सुझावहरु आएका थिए । २६ जना व्याक्तिहरुले राखेका सुझावहरु अधिकांश स्थानि पाठयक्रम निर्माण र यसको क्षेत्रको बिषय रहेको इस्मा गाउँपालिका शिक्षा युवा तथा खेलकुद साखा प्रमुख लाल बहादुर कुवंरले बताए ।

बैठकमा शिक्षा क्षेत्रमा लामो समय बिताएका तथा रेसुङ्गा बहुमुखी क्याम्पसका पुर्व क्याम्प प्रमुख दिन पन्थीले स्थानीय पाठयक्रम निर्माणले स्थानीय तहमा रहेका हरेक बिषयमा बिद्यार्थी जानकारी हुने बताए र स्थानीय पाठयक्रम निर्माण राम्रो पक्ष भएको भन्दै इस्मा गाउँपालिकालाइ धन्यवाद ज्ञापन गरे ।
त्यस्तै बैठकमा इस्मा गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वति कुवँरले इस्माको स्थानीय पाठयक्रम निर्माणमा सबै सहभागी भएर धेरै भन्दा धेरै सुझाव सल्लाह राख्न आग्रह गरिन ।

उक्त बैठकमा कार्यक्रमका सभापति तथा इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले पाठयक्रम निर्माण गर्दा स्थानीय तहका बिज्ञलाई प्राथमिक्ता दिएर निर्माण गर्ने साथै छिमेकि स्थानीय तहका बिज्ञ र आवस्यक्ता अनुसार संघ र प्रदेशबाट बिज्ञ मगाएर पठयक्रम निर्माण गर्ने समेत बताएका छन् । उनले पाठयक्रम निर्माणमा इस्मालि नागरिकका अधिकांश सुझाव सल्लाहाह आउने कुराको अपेक्षा राखेको बताए ।

कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत धनिस्वर पौड्याल ,रेसुङ्गा बहुमुखी क्याम्पस प्रमुख हरि बहादुर खत्री ,कृष्णप्रसाद भण्डारी ,राजु कुवर,गोविन्द गौतम,भागिराथ भण्डारी ,रामप्रसाद पाण्डे इस्मा गाउँपालिका शिक्षक महासंघ प्रतिनिधि बिद्यालयका प्रधानाध्यापक लगाएतको उपस्थिति रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता