इस्मा :आनन्दपुर माविको ४ कोठे भवन शिलान्यास



फागुन १९ गुल्मी ।

गुल्मीको इस्मा गाउँपालिका -५ मा रहेको आनन्दपुर माध्यमिक विद्यालयको चार कोठे भवन शिलान्यास गरिएको छ । शुक्रबार गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले विद्यालयको चार कोठे भवनको शिलान्यास गरेका हुन् । शिलान्यास गर्दै अध्यक्ष खड्काले समयमै काम सम्पन्न गर्न विद्यालय व्यवस्थापन समितिलाई आग्रह गरे । समयमै काम सम्पन्न गरि सुविधा सम्पन्न भवन बाट पठनपाठन गराउनु पर्ने अध्यक्ष खड्काले उल्लेख गरे ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ५० लाख रकममा चार कोठे भवन निर्माण हुने गाउँपालिकाका प्राविधिक सन्तोष थापाले जानकारी दिए । साथै जेठ मसान्तसम्म काम सक्नु पर्ने छ ।
भवन शिलान्यासमा वडा अध्यक्ष झबिन्द्र अर्याल , गाउँपालिकाका शिक्षा शाखाका प्रतिनिधि ,विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि शिक्षक लगायतको सहभागीता रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता