इस्मामा महिला स्वयंसेविका सम्मानित !



मङ्सिर १९ गुल्मी ।
गुल्मी : ‘महिला स्वास्थ्य स्वयंसेविकाकाे प्रतिबद्ता स्वास्थ्य प्रवर्दनमा हाम्रो ऐक्यबद्धता’ भन्ने नारा सहित आजा १९ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस देशभरी बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।

यो दिवस अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा हरेक वर्ष डिसेम्बर ५ तारिखमा मनाउने गरिन्छ । सोहि अवसरम गुल्मीको इस्मा गाउँपालिकाले स्वयंसेवक सम्मान गरेर याे दिवस मनाएको छ । इस्मा गाउँपालिका स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा गाउँपालिका भित्र रहेका ६७ जना स्वयंसेविकालाइ नै खादा र दाेसल्लाले सम्मान गरेको छ भने । गाउँपालिका भित्र रहेका ६ वटा वडका ६ जना उत्कृष्ट स्वयंसेविकालाइ उत्कृष्ट स्वयंसेविकाकाे रुपमा पुरिस्कृत गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पदमलाल अधिकारिले बताए । कार्यक्रमका सभापति गाउँपालिका अध्यक्ष भगत सिंह खण्डकाले स्वास्थ्यका क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाले पुर्याएको योगदानको प्रशंसा गरेका छन् ।

महिला स्वास्थ्य स्वयंसेविकाले आफुले स्वास्थ्य संस्थाबाट प्राप्त गरेको ज्ञान र सिपबाट आफ्नो गाउँपालिकाका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुसित समन्वय गरी समुदायस्तरमा प्रचार प्रसार, सेवाबारे परामर्श तथा जानकारी, प्रेषण तथा सेवाहरु समेत प्रदान गर्ने गरेको उनकाे भनाई थियो । सोहि अवसरमा आर्थिक वर्ष २०७८/०७९ को वार्षिक कार्य सम्पादनबाट उत्कृष्ट ६ जना महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई हौसला र प्रेरणा प्रदान गर्ने उद्देश्यले सम्मानसहित प्रमाणपत्र , दाेसल्ला ओडाएर पुरस्कृत गरिएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता