इस्मामा बाख्रा उद्यम परियोजनाको अनुगमन



चैत -२७ गुल्मी ।

इस्मा गाउँपालिका र हेफर प्रोजेक्ट नेपाल साझेदारी तथा नयाँ प्रभात युवा संघद्धारा संचालित सामुदायिक विकासका लागी बाख्रा उद्यम परियोजनाको अनुगमन गरिएको छ ।

इस्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मण विष्टको अध्यक्षता र गाउँपालिका उपाध्यक्ष विमला खत्रीको संयोजकत्वमा  अनुगमन गरिएको हो ।

इस्मा गाउँपालिका र हेफर प्रोजेक्ट नेपाल साझेदारी तथा नयाँ प्रभात युवा संघद्धारा संचालित सामुदायिक विकासका लागी बाख्रा उद्यम परियोजनाको आर्थिक वर्ष २०७७÷७८ दोस्रो चौमासिकको २ दिने अनुगमन गाउँपालिकाको वडा नं १,२,३ र ४ मा गरिएको छ  ।

अनुगमनका क्रममा ४ वटा वडाका २० वटा समूहको अनुगमन सम्पन्न भएको छ ।

अनुगमनमा जनप्रतिनिधी तथा परियोजनाका कर्मचारीहरु परियोजना अन्र्तगत गठित महिला समूहको घरदैलोमा पुगी परियोजनाबाट प्राप्त बिउबाख्रा, बोका, सुधारिएको खोर, घाँसका बिरुवा, तरकारी विउपलको सुनिश्चीतका गरिएको हो ।

साथै समूहसंग अन्र्तक्रिया कार्याक्रम आयोजना गरी समूहको सल्लाह, सुझाव र समस्या सम्बोधन गरिएको थियो । समस्या सम्बोधन गरेपछि जनप्रतिनीधी आफनो नजिक भएको महसुस जनताले गरेका छन् ।

गाउँपालिकाका महिलाहरुलाई सङठित गर्दै समय निकै छोटो तर रचनात्मक काम परियोजनाले गर्दै आएको छ ।

उक्त परियोजना आबद्ध महिलाहरु बाख्रा पालन व्यवसायतर्फ आकर्षित हुन थालेका छन् । महिलाहरुको सक्रियता बढेसंगै आर्थिक, पारीवारीक र सामाजिक रुपमा सकरात्मक परिर्वतन आएको छ भने जिवनस्तर माथि उठेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता