आफ्नै पार्टीको सरकार ढलाउने र उहीँ पार्टीमा बस्ने विष्टलाई किन भोट दिने: झाँक्री



 

असोज ३० गुल्मी ।

गठबन्धनको तर्फ बाट गुल्मी २ की साझा उम्मेदवार बनेकी राम कुमारी झाँक्रीले गोकर्ण विष्ट प्रती तोखो प्रहार गरेकी छन् ।
धुर्कोट गाउँपालिका १ नयाँ गाउँको नेटेकटीरीमा भएको चुनावी भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
आफ्नै पार्टीको सरकार ढलाउने र उहीँ पार्टीमा बसेर अस्थिरताको खेल खेल्ने विष्टलाई किन भोट दिएर जिताउने भन्दै प्रश्न गर्दै झाक्रीले आक्रोश समेत व्यक्त गरिन । गोकर्ण विष्टहरुकै कारण नेकपाको सरकार ढल्नुका साथै एमाले फुटेको आरोप समेत झाक्रीले लगाईन ।
कुनै समय एमाले खराव केपी ओली खराव भन्दै हिड्ने विष्ट अहिले त्यहीँ पार्टीमा बसेर एमालेको उम्मेदवार बनेका छन् अलिकति लाज हुनु पर्ने होइन र भन्दै उनले प्रश्न समेत गरिन ?
साथै गोकर्ण विष्टले गुल्मेली जनतालाई पटक पटक ढाटेर बेमाइन गरेको बताउदै इमानदार राजनीति गरेर जनताको मन जित्न उनले सुझाव समेत दिएकी छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता