आज मिति २०७६ साल माघ २० गते सोमबार। आजको राशीफल यस प्रकार रहेको छ।



आज मिति २०७६ साल माघ २० गते सोमबार। आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

मेष – वैदेशिक यात्राको अवसर मिल्नेछ ।परिवारजन तथा आफन्तबीच आत्मीयतामा कमी आउने समय छ। यात्राको प्रक्रियाले पनि खर्च बढाउनेछ। लोकाचारका लागि भोगविलासका अनावश्यक वस्तु जुटाउनुपर्ला।

वृष –  , प्रेम र मित्रताको बन्धन कसिन सक्छ।मानसम्मान प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्नेछ। आफन्तको सहयोग प्राप्त हुनेछ । पारिवारिक सुख मिल्नेछ । मनमा द्विविधा बढ्नेछ ।

मिथुन – रोजगार प्राप्त हुनेछ , नेतृत्व क्षमता बढ्नेछ । व्यापारमा विचलन आउनेछ। आध्यात्मिक चिन्तन बढ्नेछ । स्वास्थ्य सामान्य रहनेछ । मनोरञ्जनात्मक गतिविधि बढ्नेछ ।

कर्कट – दैनिक कार्यमा सुधार आउनेछ । मित्रको सहयोग मिल्नेछ । हर्ष बढ्नेछमन अस्थिर रहनेछ । निष्फल यात्रा हुनेछ । मनमा खिन्नता बढ्नेछ । सामाजिक क्षेत्रमा सुधार आउनेछ । विवाद बढ्नेछ ।

सिंह – मनोरञ्जनमा खर्च बढ्नेछ । व्यवसायबाट लाभ मिल्नेछ । धन आर्जन हुनेछ । नैतिकतामाथि आक्षेप लाग्न सक्छ । बुद्धि बढ्नेछ ।

कन्या – पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। सोखले खर्चको मात्रा भने बढाउन सक्छ।रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

तुला – नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्।संगीतमा रुचि बढ्नेछ । धार्मिक कार्य हुनेछन् । बौद्धिक वर्गसँग सहकार्यको अवसर मिल्नेछ । प्रेममा सफल हुनेछ । बुद्धि बढ्नेछ ।

वृश्चिक – कार्यमा बाधा उत्पन्न हुनेछ । मन विचलित रहनेछ । सञ्चित धन खर्च हुनेछ । अध्ययन सफल रहनेछ । हर्ष बढ्नेछ । आर्थिक लेनदेनमा विवाद उत्पन्न हुनेछ । परिवारमा मेलमिलाप हुनेछ ।आय आर्जन सामान्य रहनेछ ।

धनु – सामाजिक प्रभाव बढ्नेछ । खर्च बढ्नेछ ।न्यायिक क्षेत्र सफल हुनेछ । व्यवसाय सामान्य रहनेछ । शारीरिक थकान बढ्नेछ । आकस्मिक धन प्राप्ति हुनेछ । हर्ष बढ्नेछ ।

मकर – स्वास्थ्यमा सुधार आउनेछ । आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला।बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ।

कुम्भ – आत्मविश्वास बढ्नेछ । कार्य सफल हुनेछन् । शत्रु सवल रहनेछन् । मनमा चञ्चलता बढ्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । व्यावसायिक परिवर्तन हुनेछ । व्ययको अधिकता रहनेछ । कान्ति क्षय हुनेछ । यात्रा हुनेछ ।

मीन – व्यापारमा पनि मनग्गे धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। रचनात्मक काममा जुट्ने समय छ। विवाद बढ्नेछ । अध्ययनमा रोकावट आउनेछ । राजनीतिक अपवाद लाग्न सक्छ । आकस्मिक धन खर्च हुनेछ । मित्र भेट होला ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता