अर्जैमा प्रदेश सरकार संगको साझेदारीमा तरकारी प्रर्वद्धन कार्यक्रम सुरु



असार २५ ।

गुल्मी ः जिल्लाको मालिका गाउँपालिका -६ अर्जैमा तरकारी प्रर्वद्धन कार्यक्रम सुरु गरिएको छ ।
लुम्बिनी प्रदेश सरकारको ८ लाख र सोही वडामा रहेको मिलिजुली कृषी तथा पशुपालन महिला विकास सहकारी संस्थाको ८ लाख लगानीमा तरकारी खेती सुरु गरिएको वडा अध्यक्ष शोभाखर गिरीले जानकारी दिए ।
कृषकलाई तरकारी उत्पादनमा पोत्साहन गर्ने तथा कृषकको आय स्तर वृद्धी गर्नेको लागी प्रदेश संगको साझेदारीमा यो कार्यक्रम ल्याईएको हो ।

यस कार्यक्रम बाट वडा नम्वर ६ अर्जेका २७ किसानले २१ रोपनी जग्गामा सात वटा समुह बनाएर तरकारी खेती गर्नेछन् ।
आधुनिक प्रविधिले तरकारी खेती गर्नेको लागी ३७ वटा आधुनिक टनेल,थोपा सिंचाईको लागी सय लिटरका प्रत्येक समुहलाई एक /एक वटा ड्रम, दुई वटा हाते ट्याक्टर, प्रदान गरिएको छ । त्यस्तै आवश्यक मल विउ,विषादी तथा अन्य कृषी उपकरणहरु पनि उपलब्ध भएको सहकारीका व्यवस्थापक हिमा रेग्मी अर्यालले बताईन ।
त्यस्तै यता मालिका गाउँपालिकाले किसानलाई सक्दो सहयोग गर्ने बताएको छ । तरकारी खेतीको लागी प्राविधिक सहयोग प्रदान गरेको र थप सहयोगका लागी पनि गाउँपालिका तयार रहेको गाउँपालिका अध्यक्ष रीत बहादुर थापाले बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता