अर्घाखाँचीमा पहिरोले घर पुरिँदा बालिकाको ज्यान गयो !



भदौ -१६ ।

अर्घाखाँचीमा पहिरोले घर पुरिँदा एक बालिकाको ज्यान गएको छ भने । तीन जना घाइते भएका छन् ।

जिल्लाको पाणिनी गाउँपालिका ७ अडगुरीमा पहिरोमा पुरिएर जीवलाल सुनारकी ९ वर्षकी छोरी झरनाको ज्यान गएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्बरबहादुर थापाले जानकारी दिए । निरन्तरको वर्षा पछि गएराति खसेको पहिरोले सुनारको घर पुरेको हो ।

पहिरोमा परेर जीवलालका छोरा र दुई जना छिमेकी घाइते भएका छन् । स्थानीय मेडिकलमा उपचार गराइरहेका उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता