अब विज्ञानका विद्यार्थीले गणित अध्ययन गर्न पाउने



माघ १७ ।
पाठ्यक्रम तथा मूल्यांकन परिषद्ले विज्ञानका विद्यार्थीले गणित अध्ययन गर्न पाउने बाटो खोलिदिएको छ । बिहीबार बसेको परिषद् बैठकले कक्षा ११ र १२ को पाठ्यक्रम प्रारुप परिमार्जन गरी गणितको समस्या समाधान गरेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।

परिषद्का अध्यक्ष, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा बसेको बैठकले अब कक्षा ११ देखि नै विद्यार्थीले सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा वा गणित दुवैमध्ये एउटा पढ्न पाउने बैठकले सहमति गरेको केन्द्रका कार्यकारी निर्देशक केशव दाहालले बताए ।

यसअघि तयार पारिएको नयाँ पाठ्यक्रमले कक्षा ११ बाटै गणित विषय अध्ययनको प्रावधान हटाएर सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा अध्ययनको व्यवस्था गरेको थियो ।

‘परिषद्ले सहमति गरेर ड्राफ्ट तयारी गरिसकेको छ,’ कार्यकारी निर्देशक दाहालले नागरिकसँग भने, ‘अब गणितको समस्या समाधान हुन्छ । कक्षा ११ देखि नै विद्यार्थीले गणित विषय पढ्न पाउने गरी परिषद्ले निर्णय गरिसकेको छ ।’ अब विज्ञान समूह मात्र नभएर सबै विषय अध्ययन गर्ने विद्यार्थीले कक्षा ११ देखि नै गणित अध्ययन गर्न पाउने व्यवस्था रहेको आजको नागरिक दैनिकमा खबर छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता