अनेरास्ववियू (क्रान्तिकारी) धुर्कोट गाउँपालिकाको प्रथम गाउँ सम्मेलन सम्पन्न



भदौ-१३ गुल्मी ।

माओवादी केन्द्र निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियू ( क्रान्तिकारी) धुर्कोट गाउँपालिकाको प्रथम गाउँ सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनले इन्द्र पोखरेलको अध्यक्षतामा ५१ सदस्यीय अनेरास्ववियू (क्रान्तिकारी )विद्यार्थी संगठनको कमिटि गठन गरेको छ । जसको उपाध्यक्ष समिक्षा भण्डारी, सचीव सम्झना पोखरेल , सह सचिवमा सरोज थापा,प्रविन कुंवर ,मदन विक र सन्तोष पन्थी चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा विप्लव विक र सह कोषाध्यक्षमा अजय पोखरेल रहेका छन् ।
शनिबार सम्पन्न सम्मेलनमा जिल्ला अध्यक्ष वीर बहादुर कार्की , प्रदेश कमिटी सदस्य निम बहादुर पाण्डे , धुर्कोट गाउँपालिका अध्यक्ष एवम् जिल्ला कार्यालय सदस्य भुपाल पोखरेल, विद्यार्थी संगठनका जिल्ला अध्यक्ष भरत चन्द लगायतले शुभकामना मन्तव्य राख्दै नव गठित कार्यसमितिलाई बधाई ज्ञापन गरेका थिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता