अधिवेशनको लागि भोलि दर्जन भन्दा बढी राष्ट्रिय कलाकार गुल्मी आउदै !



डि.बि खड्का गुल्मी
नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा गुल्मीको छैटौं जिल्ला अधिवेशन भोलि देखि सुरु हुने भएको छ । छैटौं अधिवेशनको लागि राष्ट्रिय कलाकार खुमन अधिकारी ,पशुपती शर्मा,रमेश बि जि,विष्णु खत्री , पुस्कल शर्मा,सुबास के सि , त्यस्तै गुल्मेली गायक सन्तु थापा लगायतका दर्जन भन्दा बढी कलाकार को उपस्थिति रहने नेपाल लोक तथा दोहोरी गीत  प्रतिष्ठान जिल्ला शाखा गुल्मीका सचीव बसन्त खत्री ले जानकारी दिए ।

अधिवेशनले आगमी तीन वर्षका लागि नयाँ नेतुत्त्व चयन गर्न छ ।  अध्यक्ष पदको लागि केही व्याक्ती हरुले रुचि देखाए पनि सहमतिमै अघि बढ्ने सचीव खत्रीले उल्लेख गरेका छन । अधिवेशनलाई भव्य र सभ्य बनाउनको लागि प्रदेश नम्बर पाँच का विभिन्न जिल्ला बाट प्रतिष्ठानका अध्यक्ष हरुको सहभागीता रहने बताईएको छ । साथै पचास हजार धन राशी को गुल्मी लोकतारा सिजन २ को फाइनल पनि भोलि नै हुने भएको छ ।  पुराना स्रस्टा लाई सम्मान नंया कला लाई प्रोत्साहन भन्ने मुल नारा का लोक तथा दोहोरी प्रतिस्ठान गुल्मीले गुल्मी लोक तारा सिजन २ को आयोजना गरेको हो । गुल्मी लोक तारा सिजन २ को उपाधी को लागि १० जनाले प्रतिस्पर्धा गर्दै छन ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता