अटो रिक्सालाई व्यवस्थित तथा दुर्घटना न्यूनीकरणको लागि रुरुक्षेत्रमा अटो चालकलाई प्रशिक्षण !



माघ १७ गुल्मी ।
रुरुक्षेत्र गाउँपालिकाका अटो रिक्सा चालकहरुलाई विभिन्न विषयमा प्रशिक्षण दिईएको छ । रुरुक्षेत्र गाउँपालिकाको आयोजनामा गाउँपालिका भित्र चल्ने १३ जना अटो रिक्सा चालकलाई आज प्रशिक्षण दिईएको व्यवसायी दर्ता नवीकरण शाखाका दामोदर भण्डारीले जानकारी दिए ।
वैज्ञानिक भाडादर कायम गर्ने ,सवारी नवीकरण ,तेस्रो पक्षको बिमा लगायतको बारेमा अटो चालकलाई प्रशिक्षण दिईएको गाउँपालिकाले जनाएको छ । त्यस्तै ट्राफिक प्रहरी मिथु यादवले ट्राफिक नियमको बारेमा जानकारी गराएका थिए ।
भाडादरको ड्राफ तयार पारी , भाडा दर निर्धारण गर्नको लागि कार्यपालिकामा सिफारिस समेत गरिएको छ भने रुट प्रमिटको विषयमा समेत जानकारी दिईएको थियो ।
अटोलाई व्यवस्थित ,दुर्घटना न्यूनीकरण तथा थप सुविधामुखी बनाउन प्रशिक्षण दिईएको गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता