अग्लुङ्ग फेदिमा सात दिने महायज्ञ सञ्चालन हुने !



अनिल खत्री,भदौ २३ गुल्मी ।

गुल्मीको मदाने गाउँपालिका वडा नम्वर एक अग्लुङ्ग फेदिमा सात दिने श्रीमत भागवत पितृमोक्ष धनधान्यान्चल बिराट ज्ञानमहाज्ञ संचालन हुने भएको छ।  रघुफेदी प्रतिमान माध्यमिक विद्यालयको आर्थिक स्थर उन्नति र कक्षा १० सम्म चलिरहेको स्कुल लाई १ं२ सम्म सञ्चालन गर्न उद्देश्यले महायज्ञ आयोजना गरिएको हो । महायज्ञ यहि कार्तिक २२ देखी २८ गते सम्म सञ्चालन हुने बताईएको छ । महायज्ञमा पितृ हरुको बिधिबत श्राद्ध तथा उद्दार गरिने,दिप प्रज्वलन गरिने , उमेर पुगेका इक्छुक जोडिको बिबाह गरिने बताईएको छ ।

 महायज्ञलाई सफल र ब्यबस्थित बनाउनको लागी विभिन्न समिति तथा उप समिति गठन गरिएको छ । जसमा मुल आयोजक समितिको संयोजक केसब चन्द बोहोरा,महासचिब अङ्गिधर बोहोरा,आर्थिक संयोजक गोपाल कुमार मल्ल,सुचना संयोजक बिजय चन्द,सचिबालय संयोजक सोहि विद्यालयका प्राध्यापक राजु चन्द रहेका छन् ।

 महायज्ञ लाई गुल्मीको मदाने गाउँपालिका र प्युठानको गौमुखी गाउँ पालिकाले विशेष सहकार्यमा गर्न संयोजक केसब चन्द बोहोराले जानकारी दिनु भएको छ । का मुल संयोजक केसब चन्द बोहोराले जानकारी दिनु भएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता