अखिल (क्रान्तिकारी)को प्रशिक्षण,शैक्षिक माफियालाई तह लगाउन नेतृत्वको निर्देशन



चैत- २८ गुल्मी ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पाटिको भातृ सङठन अखिल (क्रान्तिकारी) गुल्मीको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
रेसुङा नगर कमिटीको आयोजनामा सम्पन्न प्रशिक्षण कार्यक्रमलाई नेकपाका नेता बसन्त गैरे र अखिल (क्रान्तिकारी) गुल्मीका अध्यक्ष विकल्प खत्रीले प्रशिक्षण दिनु भएको थियो ।

प्रशिक्षण कार्यक्रममा बोल्दै अखिल क्रान्तिकारी गुल्मीका अध्यक्ष खत्रीले शैक्षिक माफिया विरुद्ध अखिल क्रान्तिकारीले एक ढिक्का भएर अघि बढ्नु पर्ने बताउनु भयो ,विभिन्न नाम लुट्दै आएका लुटेरा हरुलाई तह लगाउनुपर्ने समय आएको उहाँको भनाई रहेको छ । त्यस्तै नेकपाका नेता बसन्त गैरेले अखिल क्रान्तिकारी सङ्ठनका विद्यार्थी सदैव अग्रपंक्तिमा हुनु पर्न र अनुशासित बन्नु पर्ने , बताउनु भयो ।यहाँका भ्रष्टचारीलाइ तह लगाउन अखिल क्रान्तिकारीले नै नेतृत्व गर्नु पर्ने उहाँले उल्लेख गर्नु भयो ।

कार्यक्रममा अखिल क्रान्तिकारी रेसुङा नगर कमिटीका पदाधिकारी , नेकपाका नेता लगायतको सहभागीता रहेको थियो ।
प्रशिक्षण कार्यक्रम अखिल क्रान्तिकारीका विद्यार्थी नेता राज खड्काको अध्यक्षता तथा दिपेन्द्र खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता