अक्सिजन प्लान्ट कोभिडका लागि मात्रै होइन : प्रदीप ज्ञवाली



अनिल खत्री,१७ चैत, गुल्मी ।

गुल्मी अस्पतालमा निर्मित अक्सिजन प्लान्टको पूर्व परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले उदघाटन गरेका छन् । बिहिबार अक्सिजन प्लान्टको उद्घाटन गर्दै पूर्वमन्त्री ज्ञवालीले अक्सिन प्लान्ट कोभिडका लागि मात्रै नभएको बताउनु भयो ।

नेकपा एमालेका उपमहासचिव समेत रहेका नेता ज्ञवालीले पूर्ववर्ती सरकारले नागरिकको स्वास्थ्य सेवाका लागि स्वास्थ्य बीमा र पालिका–पालिकामा आभारभूत स्वास्थ्य अस्पतालहरुलाई जोड दिएको उल्लेख गर्नुभयो । निजि क्षेत्रका अस्पतालमा सर्वसाधरण नागरिकको पहुँचमा नभएको बताउँदै पूर्ववर्ती सरकारले अघि सारेको प्रत्येक पालिका–पालिकामा आधारभूत स्वास्थ्य सेवा पु¥याउँने कार्य अहिले पनि भइरहेको बताउनु भयो । गुल्मी अस्पतालमा पनि आफु सरकारमा रहँदा बजेट बिनियोजन गरि ५० बेडको अस्पताल निर्माणको कार्य भइरहेको उल्लेख गर्दै केही समयपछि यस अस्पताल आधारभूत स्वास्थ्य सेवाका लागि प्रभावकारी गन्तव्य बन्ने उल्लेख गर्नुभयो ।

प्लान्टबाट जिल्लामै अहिले दैनिक ४० वटा अक्सिजन सिलिन्डर उत्पादन क्षमता रहेको गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.उत्तम पच्चाले बताउनु भयो । कोरोना महामारीमा संक्रमितको उपचारमा अक्सिजनको अभाव जिल्लामा नहोस भनेर जिल्लाबाटै अक्सिजन उत्पादन गर्ने उदेश्यले प्लान्ट निर्माण कार्य अगाडी बढाइएको थियो ।

प्लान्ट सञ्चालनमा आएको केहि महिना भएपनि बिधिवत रुपमा उद्घाटन गरिएको हो । प्लान्ट निर्माणसँगै अस्पतालमा पनि अक्सिजनको निम्ति सहज भएको गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.उत्तम पच्चाले बताउनु भयो । जिल्लामै अक्सिजन उत्पदानका निम्ति सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै नागरिक र राज्यको लगानीमा जिल्लामा उदाहरणिय काम भएको नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याले बताउनु भयो ।

नागरिक स्तरबाट चौरासी पुजाको खर्च कटाएर प्लान्ट निर्माणमा सहयोग गर्नेहरुको आज सपना पूरा भएको अर्यालले बताउनु भयो । प्लान्ट उद्घाटन कार्यक्रममा प्लान्ट निर्माणमा सहयोग गर्ने र गुल्मी अस्पतालमा उत्कृष्ट काम गर्ने कर्मचारीहरुलाई सम्मान गरिएको अस्पताल विकास समितिका अध्यक्ष भरत पाण्डेले बताउनु भयो ।
अक्सिजन प्लान्ट निर्माणको लागि नेपाल सरकारबाट एक करोड र नेपाल पत्रकार महासंघको नेतृत्वमा जिल्ला स्थित सामाजिक संघ संस्था व्यक्तिहरुको सहयोगमा ५० लाख संकलन गरिएको थियो । गुल्मी अस्पतालमा राखिएको अक्सिजन प्लान्टको १ करोड ३४ लाखको लागत रहेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता