अक्सफोर्ड कम्प्युटरको २० औं वार्षिक उत्सवको अवसरमा ५० प्रतिशत छुट



फागुन १० गुल्मी ।

अक्सफोर्ड कम्प्युटर एकेडेमी वि.सं २०६१ साल फाल्गुण ७ गते बुटवल–३, गोलपार्क स्थित बुटवल बहुमुखी क्याम्पसको अगाडी सेवा शुभारम्भ गरी कम्प्युटरका विभिन्न कोर्षहरुको प्रशिक्षण दिदै आईरहेको छ । नेपाल सरकारबाट मान्यता प्राप्त सूचना प्रविधि तथा कम्प्युटर तालिमको क्षेत्रमा लुम्बिनी प्रदेशमै अग्रस्थानमा रहन सफल बुटवलको एममात्र प्रतिष्ठित आइटी संस्थाले कम्प्युटर सम्बन्धी विभिन्न कोर्षहरु सञ्चालन गरी अधिकांश युवा युवतीहरुलाई रोजगारीको अवसर प्रदान गर्न मद्दत गरेको छ । कम्प्युटरको क्षेत्रमा काम गर्न चाहने विद्यार्थी तथा सरोकारवालाहरुको जीवन शैलीलाई नौलो बाटोमा अग्रसर हुन प्रोत्साहन गरेको छ, भने अर्को तर्फ कमजोर तथा गृहणीहरुका लागि विशेष कक्षाहरुको व्यवस्था गरी अत्याधुनिक तरिकाबाट कम्प्युटर प्रशिक्षण दिई कम्प्युटर क्षेत्रको विकासलाई अग्रता दिइएको छ ।
हाल अक्सफोर्ड कम्प्युटर एकेडेमी, बुटवलले आफ्नो २० औं वार्षिक उत्सवको अवसरमा विद्यार्थीहरुलाई कम्प्युटरका विभिन्न कोर्षहरुमा ५० प्रतिशत छुट सहित भर्ना खुल्ला गरेको छ । संस्थाका प्रबन्ध निर्देशक रेश्मीराज घिमिरेले बार्षिक उत्सव समारोहमा छुटको घोषणा गरेको हुन । संस्थाले फाल्गुण ७ गते देखि फागुन ३० गतेसम्म २०० जना विद्यार्थीहरुको लागि उपलब्ध गराउने भएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता