४१ औं विश्व खाद्य दिवस गुल्मीमा पनि मनाईयो !



कात्तिक -१२ गुल्मी ।

हाम्रो पहल उत्पादन र पोषणमा वृद्धि ,पर्यावरण सरक्षण र जनजिविकामा समृद्धि भन्ने नाराका साथ शुक्रबार गुल्मीमा पनि ४१ औं विश्व खाद्य दिवस मनाईएको छ ।
कृषि ज्ञान केन्द्र गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा सरकारवालाहरुको विशेष उपस्थितिमा अंतरकृया सहित दिवस मनाईएको हो ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नमराज भण्डारीले खाद्य सम्बन्धि विश्व परिवेश,खाद्य सम्बन्धि नेपालको विगत र वर्तमान परिवेश , खाद्य सम्बन्धि गुल्मीको परिवेश ,नेपालमा खाद्य असुरक्षा हुनुका कारणहरु,समाधानका उपाय र खाद्य सम्बन्धि संवैधानिक नीतिगत,कानु तथा कार्यक्रमगत व्यवस्थाको बारेमा प्रकाश पार्नु भएको थियो ।
भने उपस्थिति सरोकारवालाले खाद्यान्न उत्पादन ,आयात तथा निर्यातको बारेमा जिज्ञासा् राख्नुका साथै सुझाव समेत दिएका थिए ।

त्यस्तै गुल्मीको सन्दर्भमा गुल्मी जिल्ला खाद्यान्नमा आत्मनिर्भर रहेको तथाङ उल्लेख गर्दै जिल्लामा २० प्रतिशत जमिन बाझो रहेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता