४१ औं विश्व खाद्य दिवस: एक छाक गहुँ, मकै,कोदो खाए पनि प्रशस्त चामल बेच्न सकिने !



कात्तिक -१२ गुल्मी

हरेक परिवारले कम्तीमा पनि एक छाक चामल अर्थात भात बाहेक अन्य खाद्यान्न बालि उपभोग गर्ने हो । भने प्रशस्त मात्रामा चामल बेच्न सकिने तथाङकले देखाएको छ । शुक्रबार गुल्मीको सदरमुकाम तम्घासमा ४१ औं विश्व खाद्य दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदनले यस्तो देखाएको हो । नेपालमा गएको वर्ष कृषि तथा पशुपंक्षी मन्त्रालयका अनुसार ५६ लाख टन धान तथा ३३ लाख टन चामल उत्पादन भएको उल्लेख गरेको छ । भने केन्द्रिय तथ्यांक विभागको घरपरिवार सर्वेक्षणको तथ्यांकले नेपालमा ३५ लाख टन चामल आवश्यक रहेको उल्लेख गरेको छ ।
सर्वेक्षणका अनुसार एक व्याक्तिले एक वर्षमा १ एक सय २२ किलो चामल खाने कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।

चामलको २ लाख टन माग देखिएतापनि भारत बाट ६ लाख टन आयात हुने गरेको छ । नेपालीहरुले दिनको तीन पटक सम्म भात खाने प्रचलन रहेका कारण आयात बढेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नमराज भण्डारीले बताए । केहि व्याक्तीले आफ्ना ब्याक्तिगत समस्याका कारण दिनको एक छाक कोदो ,मकै, गहुँ तथा अन्य खाद्यान्न उपभोग गरे पनि अरु सबैले भातलाईनै रोज्दा चामलको आयात बढेको भण्डारीले उल्लेख गरे । साथै उनले भने “हामीले एक छाक भएपनि भात बाहेक अन्य अन्न बाली खायौं भने पनि हामीले प्रशस्त मात्रमा चामल बेच्न सक्छौ ” ।

हाम्रो पहल उत्पादन र पोषणमा वृद्धि ,पर्यावरण सरक्षण र जनजिविकामा समृद्धि भन्ने नाराका साथ ४१ औं विश्व खाद्य दिवस मनाईएको हो । अक्टोबर १६ मा विश्व खाद्यान्न दिवस मनाईने गरेता पनि नेपालमा यो वर्ष अक्टोबर महिना भरिनै विविध कार्यक्रम गरि दिवस मनाईएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता