ह्वाङ्दीका स्थानीयलाई आगो नियन्त्रण तथा विपद व्यवस्थापन सम्बन्धि तालिम प्रदान !



माघ २३ गुल्मी ।
मालिका गाउँपालिका ३ ह्वाङ्दीका स्थानीयलाई आगो नियन्त्रण तथा विपद व्यवस्थापन सम्बन्धि तालिम प्रदान गरिएको छ ।
मालिका गाउँपालिका ३ ह्वाङ्दीको आयोजना र जिल्ला बन कार्यालय गुल्मीको प्राविधिक सहयोगमा ४५ जनालाई तालिम प्रदान गरिएको वडा अध्यक्ष ज्ञान कुमार बुढामगरले जानकारी दिए । घर तथा जङ्गलमा लागेको आगो कसरी नियन्त्रण गर्ने ,के कस्ता सुरक्षा सावधानी अपनाउने ,के कस्ता घरेलु सामानको प्रयोग गर्ने ,
आगो तथा आगोजन्य वस्तुको पहिचान र सुरक्षाको बारेमा तालिम दिईएको हो ।
जिल्ला बन कार्यालय गुल्मीका कमल रेग्मी र छबिलाल अर्यालले तालिम प्रदान गरेका थिए ।
सुख्खा मौसम सुरु भए सङै आगलागीका घटना बढ्ने हुँदा त्यस तर्फ स्थानीयलाई सचेत गराउन वडा कार्यालयले सो कार्यक्रमको आयोजना गरेको वडा सचीव लाल बहादुर घर्तीले बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता