सोरठी नाच संरक्षण गर्दै गुल्मी दर्लिङका युवाहरु !



मंसिर -१ गुल्मी ।

पछिल्लो समय पश्चिमी संस्कृतीको प्रभाव बढ्दै जादाँ हाम्रा कला संस्कृतीको लोप हुदै जान थालेका छन् । क्ेही समय पहिला सम्म गाउँघरमा प्रशस्त मात्रमा देख्न सकिने हाम्रो मौलिक कला संस्कृतीहरु पछिल्लो समय संकटमा पर्दै जान थालेका हुन् । कला संस्कृती संकटमा पर्दै जान थालेपछि गुल्मी दर्लिङका युवाहरु भने समाजमा उदाहरणीय कार्य गर्दै सोरठी नाच संरक्षणमा चासो दिन थालेका छन् ।

मालिका गाउँपालिका वडा नम्वर दुई दर्लिङ क्षेत्र जनजातीको बाहुल्यता रहेको क्षेत्र हो । यस क्षेत्रमा केही वर्ष पहिला सम्म मगर जातीहरुको संस्कृतीको रुपमा रहेको सोरठी नाच छ्यापछ्याप्ती देख्न पाईन्थ्यो तर आज भोली भने यस्तो नाच हेर्न प्रतीयोगितानै आयोजना गर्नु पर्ने अवस्था सिर्जना भएको छ । स्थानीय तुल्सी स्मृती युवा क्लबले विगत १३ वर्ष देखी कला संस्कृतीको संरक्षण र युवा पुस्तामा हस्तान्तरणको लागी सोरठी नाच प्रतियोगिता आयोजना गर्दै क्लबका अध्यक्ष दिपेन्द्र घर्ती मगरले बताए ।

देवि देउता, पौराणीक तथा र्एतिहासिक कथामा आधारित रहेर सोरठी गाउने र नाच्ने गरिन्छ । मानिसका दु : ख, वेदना तथा चाडपर्वका शुभकामना समेत सोरठी गितमा प्रस्तुत गर्ने गरिन्छ । मगर समुदायमा जन्म ,ब्रतबन्ध देखी मृत्यु सम्मका संस्कारमा नाचिने यो नाच पछिल्लो समय युवा पुस्ताहरु बिदेश पलायन भए संगै हराउदै गएको पुराना पुस्ताको भनाई रहेको छ । बस्दै उठ्दै लिपिबद्ध रुपमा गाईने र नाचिने यो नाच प्रति युवा पुस्ताले परिर्वतन गर्दै लगेको पुराना पिडीको गुनासो रहेको छ । स्थानीय वृद्धा डिल बहादुर पर्तेल भन्नुहुन्छ  “नयाँ पुस्ताले सोरठी नाच सिक्न नखोज्नु र आफ्नै तरीकाले नाच्न र गाउन खोज्दा यो संस्कृती संकटमा पर्दै जान थालेको छ ” ।

भौगीलीक रुपमा अन्त्यन्त विकट मानिने मालिका गाउँपालिका कला संस्कृती मा भने धनी गाउँपालिका हो । कला संस्कृतीको संरक्षणको लागी गाउँपालिकाले पनि सक्दो सहयोग गरेको गाउँपालिकाका अध्यक्ष रित बहादुर थापा बताउनु हुन्छ । गाउँपालिकाले कला संस्कृतीको जर्गेनको लागी मालिका लोक तारा आयोजना गर्ने , विभिन्न क्लब तथा समुहले आयोजना गरेको सास्कृतीक कार्यक्रममा सहयोग गर्ने , पञ्चेबाजा वितरण गरेको अध्यक्ष थापाको भनाई छ ।
युवा पुस्ताहरु पश्चिमी संस्कृती तर्फ आक्रर्षीत हुदाँ सोरठी नाच बुडापाकामा मात्रै सिमित हुन पुगेको छ । समाजमा सानो, ठुलो धनी ,गरिब केही नभनी सबै मिलेर गाईने र नाचिने यो नाचले सामाजिक सद्भाव समेत कायम राख्न मद्धत पुराएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता