सत्यवती :राष्ट्रपति रनिङ शिल्डको उपाधि धर्मपुर माविलाई



पुस १३ गुल्मी ।
सत्यवती गाउँपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्डको उपाधी वडा नम्बर तीन ठूलो लुम्पेकको धर्मपुर माविले हात पारेको छ । चार दिन सम्म चलेको प्रतियोगितामा धर्मपुर माविले १४ स्वर्ण ,८ रजत र ५ कास्य सहित २७ पदक जित्दै उपाधी सङै १७ हजार नगद प्राप्त गर्यो । त्यस्तै ६ स्वर्ण ,६ रजत र ७ कास्य सहित सरस्वती मावी लिम्घा द्वितीय बन्दै १२ हजार नगद हात पार्दा ,तृतीय बनेको सत्यवती मावी हसराले ४ स्वर्ण ,५ रजत र ३ कास्य सहित ७ हजार नगद प्राप्त गर्न सफल भयो ।
चार विधाका ३० खेलमा १५ विद्यालयका ६ सय खेलाडीको सहभागीता रहेको शिक्षा शाखाका प्रमुख विष्णु प्रसाद ज्ञवालीले जानकारी दिए ।

“आत्मनिर्भर सर्बाङ्गिण उन्नति,सुखी र समृद्ध सत्यवती”को मुल नारा सहित विद्यार्थीको सर्बाङ्गिण बिकासका लागि स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेले बताए ।
विद्यालय स्तरीय प्रतियोगिताले खेल र खेलाडीको विकास हुनुका खेलले आन्तरिक सम्बन्ध समेत बलियो बनाउने अध्यक्ष पाण्डेले उल्लेख गरे ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता