सत्यवतीका रागो पालक किसानलाई प्रोत्साहन !



माघ २४ गुल्मी ।
गुल्मीको सत्यवती गाउँपालिकाले रागो पालक किसानलाई प्रोत्साहन गरेको छ ।
पालिकाले प्रोत्साहन स्वरुप रागो पाल्दै आएका गाउँपालिका भित्रका ४० जना किसानलाई औषधि ,भिटामिन र एक/एक सेट
नश्ल सुधार सम्बन्धी जानकारीमुलक सन्देश लेखेको ट्र्याकसुट उपलब्ध गराएको छ ।
दिन रात नभनी नश्ल सुधार सङै भैसिको उत्पादन र उत्पादकत्व बढाउन मेहनत गरेका किसानलाई प्रोत्साहन गरिएको गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेले बताए ।
दुध र मासु उत्पादन वृद्धिको आधार उन्नत जातको भाले पशुबाट नश्ल सुधार, भन्ने मुलनाराका साथ सत्यवती गाउँपालिकाले  पशुपंक्षी  क्षेत्रमा विविध काम गर्दै आएको छ ।
उन्नत नश्लको भाले पशुबाट नश्ल सुधार ,हाडनाता प्रजनन र यसको असर , पशुमा लाग्ने विभिन्न प्रकारका रोग र औषधिको बारेमा पशुपंक्षीशाखाका प्रमुख नारायण खनालले किसानलाई जानकारी गराए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष निरमाया तरामु मगर, प्रमुख प्रशासकीय अधिकृत कमल भुसाल , अन्य जनप्रतिनिधि ,कर्मचारी किसानको सहभागीता रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता