शाईन रेसुंगा बैंक,सिमलटारी शाखा द्धारा अति विपन्न परिवारलाई न्यानो कपडा प्रदान



पुष २४ गुल्मी ।
गुल्मीको मलिका गाउँपालिका आठ सिमलटारी स्थित् शाईन रेसुंगा बैंकको शाखा कार्यालयले अति विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेको छ ।
इस्मा गाउँपालिका – ६ अमरपुरका कुमाल समुदायका अति विपन्न , असाहय ,अशक्त्त तथा फरक क्षमता भएका ३५ घर परिवारलाई न्यानो कपडा अन्र्तगत कम्मल प्रदान गरिएको शाईन रेसुंगा बैंक सिमलटारी शाखाका प्रर्वन्धक भुवन श्रेष्ठले जानकारी दिए ।

चिसो मौसम बाट कोही पनि नागरिक न्यानो बाट बञ्चीत नहुन भनेर शाईन रेसुंगा बैंकको सामाजिक उत्तर दायित्व कार्यक्रम अन्र्तगत न्यानो कपडा प्रदान गरेको हो ।
चिसो मौसमका कारण कष्टकर जिवन बिताइरहेका कुमाल समुदायका नागरिकहरु बैंकको सानो सहयोग बाट आफुहरुले ठुलो राहतको महसुस गरेको बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता