विद्युत कार्यालय र रेसुङा नगर विरुद्ध आन्दोलित नागरिक अगुवा !



गुल्मी, २७ पुस ।

नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रद्वारा एबी केवल कनेक्टर जडानका विषयमा गुल्मी वितरण केन्द्र र रेसुङगा नगर पालिकाको कार्य विरुद्ध गुल्मीका नागरिक अगुवा आन्दोलित भएका छन । बिज्ञप्तिमा पछिल्लो समय बजारमा भन्दा केवल कनेक्टरको अस्वभाविक मुल्य वृद्धि र नगरको चेतावनीसहित निकालिएको सूचनाले आम नागरिकको गुनासो आएकोप्रति नागरिक संस्था, पत्रकार, व्यवसायी, सामाजिक अभियन्ता र सरोकारवाला निकाय र व्यक्तिहरुको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । लोकतन्त्रको मर्म, सुशासनको मान्यता र नेपालको संविधानको भावना अनुसार सार्वभौम नागरिकको स्थान सर्वोच्च रहेको र जनताद्वारा निर्वाचित एवम् जनताको करबाट सेवा सुविधा लिने व्यक्ति र निकायले जनताको सेवकको रुपमा कार्य गर्नुपर्ने अवस्थामा नागरिकलाई रैतिको रुपमा हेरिनु दुस्खद बिषय भएको नागरिक समाजका संयोज पदमप्रसाद पान्डेयले बताए ।

नागरिक समाजका अगुवाले दुई दिन भित्र केवल कनेक्टर जडान नगरेमा लाइन काटिने भनी क्षेत्राधिकार बाहिरको सूचना सम्प्रेषण गरी नागरिकलाई त्रसित बनाउने कार्य लोकतन्त्र, र सुशासन विरुद्धको कार्य भएकाले यस्तो कार्य सच्याउन सम्बन्धित निकायलाई ध्यानाकर्षण गरिएको पान्डेयले बताए ।
सरकारको स्वामित्वमा रहेको नेपाल विद्यूत प्राधिकरण गुल्मी वितरण केन्द्रबाट सुशासन, पारदर्शिता र जवाफदेहिताको बिरुद्ध हुने गरी बजार मुल्यभन्दा करिब तेब्बर महङगो मूल्यमा अपारदर्शी ढंगले केवल कनेक्टर बिक्री गरी उपभोक्तालाई मारमा पारेको व्यापक जनगुनासो आएको छ । नागरिक समाजले उपभोक्ताको जनगुनासोको सम्बन्धमा आवस्यक छानबिन गर्न र एकपटक विद्युत सेवा लिइसकेका उपभोक्तालाई पुनः जडानका नाममा आर्थिक भार नपार्ने व्यवस्था गर्न सम्बद्ध अधिकारी र सरोकारवाला सरकारी निकायसमक्ष माग गरेको सुशासन अभियानका अभियान्ता बिनोद पान्डेयले बताए ।
सेवाप्रदायक निकायबाट आम नागरिकको हित प्रतिकूुल कार्य भइरहेको जनगुनासो प्राप्त भए पछि पनि अनुगमन र कारबाही गर्ने निकायले विषयलाई गम्भिरतापुर्वक नलिने, प्रतिरक्षा गर्ने र विषयान्तर गर्ने कार्य गरिएको सम्बन्धमा तत्काल छानबिन गर्न, नागरिकप्रति जवाफदेही हुन र पीडित नागरिकलाई क्षतिपूर्ति दिलाउन आवस्यक सार्थक पहलकदमी गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराइएको पान्डेयले बताए।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता