वामी नमूना समाजको तेश्रो अधिवेशन जापानमा सम्पन्न



कौरव खत्री गुल्मी ११ -आश्विन 

वामी नमूना समाज जापानको तेश्रो अधिवेशन जापानको टोकियोमा सम्पन्न भएको छ । बुधवार जापानको कोईन्जिको सत्कार होटलमा सम्पन्न भएको अधिवेशले बावुराम खरेलको अध्यक्षतामा २१ सदस्यीय वामी नमूना समाजको पुर्न गठन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा पदम रायमाझी,उपाध्यक्षहरूमा लिलाराम खरेल,अम्मर बुढाथोकी,कृष्ण प्रसाद खरेल(न्यूजिल्याण्ड),भरत खरेल महासचिव पुष्कर खरेल,उप महासचिव सालिकराम भट्टराई,सचिव विश्व राना,सहसचिव राजन थापा,कोषाध्यक्षमा राजु खरेल,सह कोषाध्यक्ष किसान खरेल रहेका छन् ।

त्यस्तै कार्य समितिको अन्य सदस्यहरुमा कर्ण सापकाेटा (भारत),टेक बहादुर बुढाथोकी (न्यूजिल्याण्ड),गंगाराम घिमिरे (लण्डन),दिपक खरेल (जापान),शिव खराल (जापान),गोपाल काफ्ले (जापान),टिकाराम खराल (जापान),कृष्ण खराल बावु (जापान),राजु थापा (जापान),दुर्गा सापकोटा (जापान),भुवन खराल (जापान),चेतन खराल (जापान),नरहरि खराल (कतार),टुङ्ग रायमाझी (दुवई) रहेका छन् । त्यस्तै अधिवेशनले विभिन्न समितिको समेत गठन गरेको छ । युवा खेलकुद तथा साँस्कृतिक संयोजक अर्जुन घर्ति मगर,उप संयोजक गोपाल काफ्ले,सदस्य भुपाल रायमाझी, महिला संयोजक श्रीमती उषा रायमाझी महिला संयोजक देवी खरेल रहेको वामी नमूना समाजका संस्थापक अध्यक्ष दिलिप थापाले जानकारी दिए । त्यस्तै समाजको आर्थिक संयोजक तथा सल्लाहकारमा डिलाराम खराल, समाजको संरक्षकमा दिलिप थापा,अन्तराष्ट्रिय संयोजक ईन्द्र बहादुर थापा रहेका छन् । साथै अधिवेशनले समाजको बरिष्ठ सल्लाहकार खिम रायमाझी,कृष्ण प्रसाद खराल (लन्डन),प्रेम घर्ति मगर(कतार),सल्लाहकारहरु रेसम रायमाझी,रामु काफ्ले,प्रेम खराल,भुवन सापकोटा,बिष्णु प्रसाद खराल,होम प्रकाश आचार्य, धुर्ब खराल (लन्डन),ईन्द्र बहादुर घर्ति(अमेरिका),यज्ञ प्रसाद घिमिरे, लेख रायमाझी,योगेन्द्र खरेल रहेको छन् ।

२०७२ सालमा स्थापना भइआएको वामी नमूना समाज जापानले गुल्मी जिल्लाको मुसिकोट,वामी,बडागाँउ,लगायतका विभिन्न स्थानमा शिक्षा,खेलकुद, आगलागी,बाढी पहिरो, स्वास्थ्य लगायतका सामाजिक क्षेत्रमा आर्थिक सहयोग गदै आइरहेको वामी नमूना समाजका संस्थापक अध्यक्ष दिलिप थापाले बताए । गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं. ७ भित्र अर्थात साविकको वामी गाविस वडा नं. ९ बाट विभिन्न देशहरुमा रोजगारीको शिलशिलामा पुगेका वामीवासीहरुले समाज सेवाको भावना राखेर सबैलाई एकताबद्ध बनाएर संस्था अगाडी बढिरहेको छ । हाल संस्थामा करिव ५ सय सदस्यहरु आवद्ध रहेका छन् । कार्यक्रम समाजका वरिष्ठ सल्लाहकार अर्जुन रायमाझीको प्रमुख आतिथ्यतामा रहेको कार्यक्रममा समाजका अन्तराष्ट्रिय संयोजक ईन्द्र थापाको बिशेष आतिथ्यता रहेको अधिवेशन वामी नमूना समाजका अध्यक्ष रेशम रायमाझीको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन भने वामी नमूना समाजका संस्थापक अध्यक्ष दिलिप थापा र पुस्कर खरालले गरेका थिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता