लुम्बिनी र गण्डकी प्रदेशका स्थानीय तह: धुर्कोट, ताराखोला र रुकुमपुर्व बिच अन्तरक्रिया



१९ कार्ति, गुल्मी । लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका तीन स्थानीय तह बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गुल्मीको धुर्कोट गाउँपालिका, बाग्लुङको ताराखोला गाउँपालिका र रुकुम पुर्वको सिस्ने गाउँपालिका बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

सिस्ने गाउँपालिकाको कार्यालयमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा स्थानीय तहले आफुले गरेका विकास निर्माणका कार्यहरु, पर्यटकीय क्षेत्रको विकास र सम्भाव्यता, आन्तरिक आय र आफ्ना अनुभवहरु राखेका थिए ।

धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेल, ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीमगर र सिस्ने गाउँपालिकाकी अध्यक्ष कुमारी बराल गौतमले स्थानीय सरकार सञ्चालन सम्बन्धि आफ्ना अनुभवहरु प्रस्तुत गरेका थिए । साथै स्थानीय तहमा उत्पन्न हुने समस्या, विकास निर्माणमा देखिएका चुनौतीहरु कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको थियो ।

यसरी स्थानीय तहबिच अन्तरक्रिया गर्दा अनुभव साटसट हुनुका साथै काम गर्न सहज हुने धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले बताए ।

धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेल र तारा खोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीमगरले सिस्ने गाउँपालिकाका अध्यक्ष , उपाध्यक्ष सहित गाउँपालिकाकालाई आफ्नो स्थानीय तहमा भ्रमण गर्न आउन निम्तो समेत दिएका छन ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता