लिफ्टिङ खानेपानीको शुल्क कम गर्छौ : नेता जिसी



गुल्मी ।

नेकपा माओवादी केन्द्रका गुल्मी जिल्ला समन्वय समिति संयोजक बुद्धि जिसीले लिफ्टिङ खानेपानीको विद्युत महशुल कम गर्ने बताएका छन्। गुल्मी क्षेत्र नम्बर २ ख का उम्मेदवार समेत रहेका नेता जिसीले शुक्रबार मालिका गाउँपालिका –१ नेटामा भएको कार्यक्रममा आफूहरु निर्वाचित भइसकेपछि लिफ्टिङ खानेपानीको महशुल कम गर्ने प्रतिवद्धता जनाएका हुन् “खानेपानी नागरिकको आधारभूत आवश्यकता र मालिक अधिकार हो । नेता जिसीले भने, “खानेपानीको लागि निशुल्क ट्रान्सफर्मर, कर्मचारी वा अन्य सामग्रीको व्यवस्था गरी शुल्क कम गर्छौ । ग्रामीण क्षेत्रमा नागरिकको आम्दानी कम हुने समस्यासँग आफू नजिक भएकोले युवा एवम् महिलाहरूलाई उध्धमशिल बनाई रोजगारी सिर्जना गर्ने नेता जिसीले बताए ।

त्यसका साथै आफ्नो निर्वाचन क्षेत्रमा पर्ने मदाने, मालिका र धुर्कोटमा सडक ग्राभेल एवम् पक्की गर्ने, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका बिषयमा आफूहरूले योजनाबद्व ढंगले विकास गर्ने बताए । कार्यक्रममा काँग्रेस नेता छन्द बहादुर पहराई, शिव बहादुर केसी लगायत गठबन्धनमा आवद्ध विभिन्न दलका नेता, कार्यक्रता एवम् जनसमुदायको उत्साहजनक उपस्थिति रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता