रेसुङ्गाद्धारा क्रिकेट खेलाडी अर्जुनलाई नगद ३० हजार सहित सम्मान



अनिल खत्री
२३ चैत, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले १९ वर्ष मुनीको नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी अर्जुन कुमाललाई सम्मान गरेको छ । क्रिकेट खेलाडी कुमाललाई बिहिवार एक कार्यक्रमका बिच नगरप्रमुख खिलध्वज पन्थीले नगद ३० हजार सहित सम्मान गर्नु भएको हो ।
गुल्मीमा जन्मेर खेल खेल क्षेत्रबाट गुल्मीको शिर उच्च बनाउन सफल भएकाले नगरपालिकाले सम्मान गरेको नगरप्रमुख पन्थीले बताउनुभयो । खेल र खेलाडीलाई सम्मान गर्न नगरपालिका सधै प्रतिवद्ध रहेको पन्थीको भनाई छ ।
आइसीसी यू–१९ पुरुष विश्वकप छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेर सिङ्गो देशको शिर उच्च भएको उहाँले बताउनुभयो । छत्रकोट गाउँपालिका वडानम्बर–५ खर्जाङमा जन्मेका कुमालले हालै युएईमा सम्पन्न भएको आइसीसी यू–१९ पुरुष विश्वकप छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
उहाँले कुबेत बिरुद्ध सतक समेत प्रहार गर्नुभएको थियो । नगरपालिकाको सम्मानले खेल क्षेत्रमा थप प्रगती गर्न हैसला मिलेको खेलाडी अर्जुन कुमालले बताउनुभयो ।
उहाँले आगामी हुने खेलहरुमा थप सफलता मिल्ने गरि खेल खेल्ने प्रतिवद्धता समेत गर्नुभयो । उहाँलाई केहि दिन अघि गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले पनि नगद ५० हजार सहित सम्मान गरेको थियो ।
त्यस्तै गुल्मी उद्योग वाणिज्य संघ, जिल्ला खेलकुद विकास समितिले पनि सम्मान गरेका थिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता