रुरु र सत्यवतीलाई जोड्न बढिगाड खोलामा एक सय ५९ मिटर लामो झोलुङ्गे पुल बन्ने



पुस ७ गुल्मी ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिका ५ बम्घा र सत्यवती गाउँपालिकाको ६ खैरेनीलाई जोड्ने झोलुङ्गे पुल निर्माण हुने भएको छ ।
एक सय ५९ मिटर लामो झोलुङ्गे पुल बढिगाड खोलामा निर्माण हुनेछ । शनिबार रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली र सत्यवती गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेले संयुक्त रुपमा पुलको शिलान्यास गरेका हुन ।
लामा कन्ट्रक्सन प्रालीले पुल निर्माणको जिम्मा पाएको छ ।
सडक पुर्वधार विकास कार्यालय गुल्मीको एक करोड ७५ लाख लगानीमा ६ महिना भित्रमा काम सम्पन्न हुनेछ ।
समयमै गुणस्तरीय ढंगले काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई सचेत गराएको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले बताए । झोलुङ्गे पुलले दुई स्थानीय तहका नागरिकलाई सहजता ल्याउनुका साथै कृषि उपजले समेत बजार पाउने सत्यवती गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेले बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता