रुरुक्षेत्रको प्रतिक (लोगो) चिन्ह बनाउन गाउँपालिकाले गर्यो आह्वान



असोज २१ गुल्मी ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले गाउँपालिकाको लोगो अर्थात प्रतिक चिन्ह निर्माणको लागि सार्वजनिक सूचना जारी गरेको छ ।
असोज १६ गतेको कार्यपालिकाको निर्णय अनुसार गाउँपालिकाले उत्कृष्ट प्रतिक चिन्ह डिजाइन गर्नेलाई नगद पुरस्कार सहित सम्मान गर्ने सूचना जारी गरेको हो ।
उत्कृष्ट (लोगो)प्रतिक चिन्ह बनाउनेले गाउँपालिकाको तर्फ बाट उचित पुरस्कार तथा प्रमाणपत्र पाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए ।
प्रतिक चिन्ह निर्माण गर्दा साँस्कृतिक ऎतिहासिक ,धार्मिक ,पर्यटकीय तथा कृषि चिनारी झल्कनु पर्ने ,अधिकत्तम तीन सेन्टिमिटर व्यास ,समृद्धि र गाउँपालिकाको समग्र क्षेत्रको पहिचान भएको हुनुपर्ने मापदण्ड गाउँपालिकाले बनाएको गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले बताए ।
साथै डिजाइनकर्ताले प्रयोग गरेका चिन्ह ,रङ ,आकार र अक्षरको प्रयोग गर्नुका कारण ब्याख्या समेत गर्नु पर्नेछ ।
प्रतिक चिन्ह (लोगो) आजको १५ दिन भित्र गाउँपालिकाको मेल आइडी तथा खामबन्दी गरेर पठाउन सकिने छ ।

रुरुक्षेत्र गाउँपालिकाले जारी गरेको सूचना ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता