युवा संघ नेपाल गुल्मीको अध्यक्षमा भण्डारी



टोपलाल अर्याल
गुल्मी, १५ फागुन ।

युवा संघ नेपाल गुल्मीको अध्यक्षमा सुरेश भण्डारी सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार अवेर सम्पन्न सघको नवौ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो । संघको उपाध्यक्षमा केशर राजकोटी, सचिवमा बिमल ज्ञवाली, उपसचिवमा बिबश ठकुरी, बिष्णु विक र कोषाध्यक्षमा बैकुण्ठ श्रेष्ट लगायत ७५ सदस्यी कमिटी निर्वाचित भएको छ । अधिवेशनको युवा संघ नेपालका केन्द्रिय अध्यक्ष किरण पौलेड लगायतका एक दर्जन नेताले संवोधन गरेका थिए । अधिवेशनका लागि प्रत्येक गाउँपालिकाबाट दुई महिला र १० पुरुष गरेर १२ जना प्रतिनिधी अधिवेशनमा सहभागी थिए । त्यस्तै प्रत्येक नगरबाट तीन महिला १२ पुरुष गरेर १५ तथा आयोजक कमिटीबाट ५० जना सहभागी भएको पुर्व अध्यक्ष मोहन पाण्डेयले जानकारी दिए । अधिवेशनमा कांग्रेस र माओवादी पार्टी परित्याग गरि एक दर्जन युवा एमालेमा प्रवेश गरेका छन् ।

११ स्थानीय तहमा युवा संघ

जिल्लाका ११ पालिमाका युवा संघ नेपाल गठन भएको छ । मालिका गाउँपालिका बाहेक अरु पालिकामा युवा संघ गठन गरिएको हो । जिल्लाको मदाने गाउँकमिटीमा जित बहादुर कुवंर, धुर्कोटमा हिमाल भण्डारी, इस्मामा बिष्णु रिजालको नेतृत्वमा युवा संघ नेपाल गठन गरिएको छ । त्यस्तै मुसिकोटमा राजेश गुरुङ, रेसुंगामा सुशिल बुढाथोकी, गुल्मी दरवारमा बिर बहादुर कार्की, छत्रकोटमा जीवन बाबु पन्त, रुरु पदम श्रेष्ट, सत्यवतिमा दिलु भण्डारी, कालिगण्डकीमा राम बहादुर पटेल र चन्द्रकोटमा लाल बहादुर थापाको नेतृत्वमा युवा संघ नेपाल गठन गरिएको नवनिर्वाचित जिल्ला अध्यक्ष सुरेश भण्डारीले जानकारी दिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता