मालिका -८ का जनप्रतिनिधिले एक वर्षको फिल्ड र भ्रमण भत्ता विकास निर्माणमा खर्चिने !



असार ४ गुल्मी ।

गुल्मीको मालिका गाउँपालिका ८ का जनप्रतिनिधिले आर्थिक वर्ष २०७९/८० को अनुगमन र भ्रमण गरेको भत्ता नलिने भएका छन ।
एक आर्थिक वर्षको अनुगमन र भ्रमण भत्ता बापत पालिका बाट प्राप्त भएको ८० हजार रकम नलिने निर्णय गरिएको वडा सदस्य सागर गिरीले जानकारी दिए ।
वडा अध्यक्ष सुर्य बहादुर जिसी सहित अन्य चार जना सदस्यको भ्रमण भत्ता र अनुगमन भत्ता पालिकामा फिर्ता गरिएको छ ।
साथै सोही रकमले आर्थिक वर्ष २०८०/८१ मा वडा नम्बर ८ मा कुनै विकासको योजना अगाडि बढाउने उदेश्यले भत्ता फिर्ता गरिएको वडा कार्यालयले जनाएको छ ।
जनताका थुप्रै आवश्यकता ,समस्या भएका कारण आफुहरुले भत्ता नलिएको वडा अध्यक्ष सुर्य बहादुर जिसीले जानकारी दिए । रकम थोरै भए पनि विकास निर्माणमा केही टेवा पुगोस भन्ने उदेश्यले भत्ता रकम फिर्ता गरेको वडा अध्यक्ष जिसीले उल्लेख गरे ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता