मालिका -७ घमिरमा खुल्ला फुटबल प्रतियोगिता हुने !



कात्तिक १९ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिका सात घमिरमा खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद भन्ने मुल नाराका साथ सुमन स्मृति युवा क्लबको आयोजनामा पहिलो पटक घमिरमा खुल्ला फुटबल प्रतियोगिता हुन लागेको हो । कात्तिक २४ गते देखि २६ गते सम्म भानुपोखरा खेलमैदानमा प्रतियोगिताको आयोजना गरिएको क्लबका सदस्य सुनिल घिमिरेले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेले २५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र र द्वितीय हुनेले १५ हजार नगद सहित मेडल र प्रमाणपत्र पाउने क्लबले उल्लेख गरेको छ ।
फुटबल खेल र खेलाडीको विकास संगै फुटबल खेलाडी उत्पादन गर्ने र फुटबल खेल प्रती जनस्तरसम्मको चासो बढाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता