मालिका – १ नेटाका ६५ जना जेहेन्दार विद्यार्थीलाई नि:शुल्क शैक्षिक सामाग्री वितरण



भदौ ११ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिका -१ नेटाका ६५ जना जेहेन्दार विद्यार्थीलाई नि:शुल्क शैक्षिक सामाग्री वितरण गरिएको छ । स्थानीय समाजसेवी वीर बहादुर सुनारको परिवारले वडा नम्बर -१ नेटाका ६ वटा  विद्यालयका ६५ जना विद्यार्थीलाई कपि,कलम र ड्रेस उपहार स्वरुप प्रदान गरेको वडा अध्यक्ष दिपक श्रीसले जानकारी दिए ।
त्रैमार्सीक परिक्षामा उत्कृष्ट अङ्ग ल्याएका जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री उपलब्ध गराईएको गाउँपालिकाका प्रबक्ता ज्ञान कुमार बुढा मगरले बताए ।
आइतबार शैक्षिक सामाग्री वितरण गर्दै गाउँपालिकाका सामाजिक विकास समितिका प्रमुख रेखा कुमार जिसीले वीर बहादुर सुनारको परिवारले समाजमा नयाँ र उदाहरणीय कार्य गरेको बताए । साथै सुनार परिवारलाई धन्यवाद दिदै  विद्यार्थीलाई  लगनशील भएर अध्ययन गर्न जिसीले आग्रह समेत गरे ।
कार्यक्रममा जनप्रतिनिधि , स्थानीय समाजसेवी ,बुद्धिजीवी,लगायतको सहभागीता रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता