मालिका गाउँ पालिकाका ७८ जना सुत्केरीले,दुई लाख २४ हजार रकम पाएन् ।



डि.बि खड्का गुल्मी ।
गुल्मीको मालिका गाउँ पालिका का ७८ जना सुत्केरी सरकारले प्रदान गरेको सेवा सुविधा लिन बाट वञ्चित भएका छन् ।
आर्थिक वर्ष २०७५।७६ मा सूचीकृत स्वास्थ्य संस्थामा गई सुत्केरी हुनुका साथै पोर्ट कल अनुसार चार पटक गर्भ जाँच गराएका महिलाहरू मध्ये ७८ जना महिला आर्थिक सुविधा प्रात्त गर्न बाट वञ्चित भएका हुन ।
साङकेतीक तस्वीर
मालिका गाउँ पालिकाको वडा नम्बर एकमा रहेको नेटा स्वास्थ्य चौकी बाट तीन जना, वडा नम्बर दुई मा रहेको दर्लीङ स्वास्थ्य चौकी बाट दश जना, वडा नम्बर तीन हाङदी मा रहेको हाङदी स्वास्थ्य चौकी बाट १२ जना ,वडा नम्बर चार मा रहेको अर्खबाङ स्वास्थ्य चौकी बाट , तीन जना, वडा नम्बर पाँच मा रहकको छापहीले स्वास्थ्य चौकी बाट आठ जना, वडा नम्बर छ मा रहेको , अर्जे स्वास्थ्य चौकी बाट पाँच जना, वडा नम्बर सात मा रहेको घमिर स्वास्थ्य चौकी बाट १९ र वडा नम्बर आठ मा रहेको मभुङ स्वास्थ्य चौकीमा बाट १८ जना महिलाले रकम पाएका छैन । फागुन सम्म सुत्केरी भएका महिलाले आर्थिक साहयता रकम प्रत्ता गरेका छन् भने त्यस यता गर्भवती भएका महिलाहरू वञ्चित भएका हुन । पोर्ट कल अनुसार चार पटक गर्भ जाँच गराएका गर्भवती महिलाहरूले एकमुष्ट आठ सय र  स्वास्थ्य संस्थामा गई सुत्केरी भएमा यातायात खर्च बापत दुई हजार आर्थिक रकम सघंीय सरकारले उपलब्ध गराउँदै आएको छ । ७८ जना सुत्केरीहरुको दुई हजार र अठाईस सय गरी कुल दुई लाख चोबीस हजार रकम गुमेको हो ।
यता गाउँ पालिकाका स्वास्थ्य संयोजक वसन्त भुसालले भने केन्द्र सरकार मा रकम माग गर्दा पनि नदिएको गुनासो गरेका छन् । गाउँ पालिकाले उपलब्ध गराउने रकम प्रदान गरिएको भुसालले उल्लेख गरे ।
मालिका गाउँ पालिका र केन्द्र सरकारको कम्जोरीका कारण मालिका गाउँ पालिकाका  ७८ जना सुत्केरी महिला माथि अन्याय भएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता