मालिका गाउँपालिका बन्यो कार्यसम्पादन मुल्यांकनमा देशकै टप गाउँपालिका



फागुन ९ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा देशकै पहिलो गाउँपालिका बन्न सफल भएको छ । देशभरका ४६० गाउँपालिकालाई पछि पार्दै भौगोलिक रुपमा अत्यन्त विकट मानिने मालिका गाउँपालिका पहिलो बन्न सफल भएको हो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० नतिजा अनुसार मालिकाले ५५.४० अंक प्राप्त गरेको छ ।
देशकै पहिलो गाउँपालिका बने पछि अध्यक्ष देवीराम अर्यालले खुसी ब्यक्त गर्दै जनप्रतिनिधि र कर्मचारीलाई धन्यवाद दिए ।
सबैको मेहनत र लगनशीलताका कारण गाउँपालिका पहिलो बनेको उनको तर्क थियो ।
त्यस्तै उपाध्यक्ष उपेन्द्र अर्यालले देशमै पहिलो गाउँपालिका हुनु गर्व र खुसिको कुरा रहेको बताउदै आगामी दिनमा काम गर्न हौसला मिलेको बताए ।
उनले भने “हामी संग धेरै कुराको असुविधा हुँदाहुँदै पनि पालिकाको टिमको कठोर परिश्रममा कारण उच्च अंक प्राप्त गरेका छौं आगामी दिनमा पनि यसै गरि लाग्ने छौँ ´´
यता प्रमुख प्रशासकीय अधिकृत विकास खनालले जनप्रतिनिधिले सहि  नीति र  कर्मचारीले कुशल कार्यान्वयनका कारण पालिका पहिलो बनेको बताए ।
गाउँपालिकामध्ये सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ५३.७६ अंक सहित देशमै दोस्रो स्थानमा रहदा गुल्मीकै चन्द्रकोट गाउँपालिकाले ५२.५७ अंक प्राप्त गरि तेस्रो स्थानमा रहेको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्यांकन गरेको छ । जसमा असार १० भित्र बजेट पेश गरे/नगरेको, असार मसान्त भित्र बजेट पारित गरे/नगरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे/नगरेको, बजेटको वर्षिक समिक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग गरे/नगरेको जस्ता सूचकहरुका आधार मुल्यांकन गरेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता