मालिका गाउँपालिका द्वारा महिला सञ्चारकर्मी सम्मानित



भदौ २७ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिकाले महिला सञ्चारकर्मीलाई सम्मान गरेको छ । हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर महिला सञ्चारकर्मीलाई सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत विकास खनालले बताए ।
गाउँपालिकाले रेडियो रेसुङ्गाकी स्टेशन म्यानेजर अनिता खत्री ,सोही रेडियोकी तारा कडेंल र सामुदायिक रेडियो स्काईमा कार्यरत सविता मरासिनीलाई दोसल्ला र मायाको चिनो प्रदान गरेर सम्मान गरेको हो ।
महिला सञ्चारकर्मीले सञ्चार क्षेत्रमा पुराएको योगदानको कदर स्वरूप पालिकाले सम्मान गरेको उपाध्यक्ष उपेन्द्र अर्यालले उल्लेख गरे ।
ग्रामीण क्षेत्रमा सञ्चारको प्रमुख माध्यम भनेकै रेडियो रहेको र रेडियोमा कार्यरत महिला सञ्चारकर्मीलाई हौसला प्रदान गर्ने उदेश्यले गाउँपालिकाले सम्मान गरेको अध्यक्ष देवीराम अर्यालले बताए ।
त्यस्तै यता सम्मानित भएकी रेडियो रेसुङ्गाकी स्टेशन म्यानेजर अनिता खत्रीले गाउँपालिकालाई धन्यवाद प्रकट गर्दै पालिकाले दिएको सम्मानले आफुहरुलाई हौसला मिल्नुका साथै उत्साहित बनाएको बताईन ।
नारिहरुको महान पर्व तिजको अवसरमा पालिकाले सम्मान गर्दा आफुहरुलाई निकै खुसी लागेको सम्मानित भएका सञ्चारकर्मीले प्रतिक्रिया दिएका छन् ।
त्यस्तै गाउँपालिकाले पालिका भित्र विभिन्न क्षेत्रमा कार्यरत महिला कर्मचारीलाई आज विशेष कार्यक्रमको आयोजना गरेर दर समेत खुवाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता