मालिका गाउँपालिकाले कोजाग्रत पूर्णिमाको दिन सार्वजनिक विदा दिने !



असोज १४ गुल्मी ।

गुल्मीको मालिका गाउँपालिकाले असोज २३ गते शुक्ल पुर्णिामा अर्थात कोजाग्रत पुर्णिमाको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
आज गाउँपालिकाले एक सूचना जारी गर्दै भदौ २८ को कार्यपालिका बैठकको निर्णय अनुसार सार्वजनिक विदा दिईएको जानकारी गराएको हो ।
त्यस दिन मालिका गाउँपालिका भित्रका सम्पुर्ण सरकारी कार्यालय तथा सार्वजनिक निकायहरु बन्द रहने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त भण्डारीले बताए ।
कोजाग्रत पुर्णिमाको दिन मालिका गाउँपालिकामा रहेको लुम्बिनी प्रदेशकै प्रसिद्ध धार्मिक स्थल मालिका मन्दिर तथा पालिका भित्र रहेका अन्य मन्दिर एवम् धार्मिक स्थलमा पुजा आराधना गर्नुका साथै बलि चढाउने र सराय नाच नाचिने भएका कारण गाउँवासिको सहजताको लागी गाउँपालिकाले सार्वजनिक विदा दिएको गाउँपालिकाका अध्यक्ष देविराम अर्यालले बताए ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता