मालिका गाउँपालिकामा सोमबार १३ जनामा कोरोना संक्रमण पुष्टि !



१० जेठ, गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा सोमबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भैरहवा प्रयोगशाला रुपन्देही र सदरमुकाम तम्घास स्थित कोभिड-१९ प्रयोगशालामा गरिएको परिक्षणमा गाउँपालिकाका १३ जनामा संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य संयोजक वसन्त भुसालले जानकारी दिए । ५० जनाको एन्टिजेन र ३ सय ३३ जनाको पिसिआर परिक्षण गर्दा जम्मा १३ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य संयोजक भुसालले बताए ।

सोमबार थपिएका संक्रमित मध्ये वडा नम्बर १ का दुई जना , वडा नम्बर २ का दुई जना, वडा नम्बर ४ का एक जना, वडा नम्बर ६ का तीन जना ,वडा ७ का एक जना र वडा नम्बर ८ का चार जना रहेका छन् ।

मालिका गाउँपालिकामा कोभिड-१९ को दोश्रो लहरमा अहिलेसम्म ८५ जनामा संक्रमण पुष्टि भएको छ । भने ६० जनाले कोरोना जित्न सफल भएका छन् ।

त्यस्तै मालिकामा अहिले सक्रिय संक्रमितको संख्या २५ रहेको छ । ति मध्ये २२ जना होम आइसोलेसन र तीन जना संस्थागत आइसोलेसनमा उपचाररत छ्न् ।

अहिलेसम्मसम्म कोरोना संक्रमणका कारण चार ४ जनाको मृत्यु भएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता