मालिका गाउँपालिकामा थप ३६ जना कोरोना संक्रमणको पृष्टी !



जेठ -६ गुल्मी ।

गुल्मीको मालिका गाउँपालिकामा आज बिहिबार एकै दिन ३६ जनामा कोरोना संक्रमणको पृष्टी भएको छ । एक सय २४ जनाको पिसिआर परिक्षण गर्दा ३६ जनामा कोरोना पोजटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्तराज भुसालले जानकारी दिए ।
आज थपिएका संक्रमित मध्ये वडा नम्वर एकका तीन जना, वडा नम्वर दुई का १८ जना, वडा नम्वर चारका छ जना, वडा नम्वर पाँचका एक जना, वडा नम्वर छ का एक , वडा नम्वर सातका एक जना र वडा नम्वर आठका ६ जनारहेका छन् ।

यो संगै गाउँपालिकामा संक्रिय संक्रमितको संख्या ६१ पुगेको छ । भने ११ जना कोरोना जित्न सफल भएका छन् । त्यस्तै तीन जनाले कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य संयोजक भुसालले बताए । कोरोना संक्रमणको दर वृद्धी हुदै जान थालेपछि गाउँपालिकाले सबैलाई सचेत रहन आग्रह गरेको छ । अनाआवश्यक हिडडुल नगर्ने आग्रह गदै कोभिड सम्बन्धी मिल्दो जुल्दो लक्ष्यण देखापरे समयमै चेक जाँच गराउन गाउँपािलकाले गाउँवासीलाई अपिल समेत गरेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता