मालिका गाउँपालिकाको प्रतीक चिन्ह (लोगो) बनाउने पराजुली नगद सहित सम्मानित



कात्तिक ३ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिकाले ,पालिकाको लोगो प्रतीक चिन्ह निर्माण गरेका घनश्याम पराजुलीलाई सम्मान गरेको छ ।
आज एक औपचारिक कार्यक्रमका बिच पराजुलीलाई नगद २५ हजार सहित सम्मान गरेको गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले बताए ।

मालिका गाउँपालिकाको पहिचान ,भू -गोल,कला सस्कृती , धार्मिक तथा पर्यटकीय स्थल,रीतिरिवाज , चालचलन सङै समग्र क्षेत्रलाई समटेर लोगो निर्माण गर्न गाउँपालिकाले ०७९ फागुन २८ गते सूचना जारी गरि आह्वान गरेको थियो ।
जहाँ नेपालका विभिन्न स्थान बाट १५ जनाले लोगो निर्माण गरि पेस गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास खनालले बताए ।
ती मध्ये उत्कृष्ट तीन वटा लोगोलाई पुनः परिमार्जन गरि पेस गर्न गाउँपालिकाले आग्रह गरेको थियो ।
पुनः पेस भएका लोगो मध्य मालिका गाउँपालिका ६ अर्जै निवासी घनश्याम पराजुलीले निर्माण गरेको लोगोलाई मुल्यांकन समितिले छनोट गरेको गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्यालले बताए ।
पराजुलीले गाउँपालिकाले तोकेको मापदण्ड अनुसार सबै क्षेत्रलाई समेटेर लोगो निर्माण गरेको गाउँपालिकाको दावी छ ।
त्यस्तै नवनियुक्त नगर प्रहरी जुना अर्याल र हेमकला सिंन्जालीलाई दर्जानी चिन्ह समेत प्रदान गरिएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत जगत पौडेलले बताए ।
साथै मालिका गाउँपालिकाले विजया दशमी तथा शुभ दिपावाली २०८० को शुभकामना आदानप्रदान समेत गरेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता