मालिका एक नेटाको आफ्नै कार्यालय :गाउँपालिका अध्यक्ष अर्याल द्वारा भवनको उद्वघाटन !



माघ २६ गुल्मी ।
डिबी खड्का  ।
मालिका गाउँपालिकाको वडा नम्बर एक नेटाले आफ्नै  भवन बाट अब जनतालाई सेवा दिने भएको छ । आज एक समारोहका बीच गाउँपालिका अध्यक्ष देवीराम अर्याल द्वारा नवनिर्मित वडा कार्यालयको उद्वघाटन भएको वडा सदस्य महेन्द्र विसीले जानकारी दिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष अर्यालले चुनावी बाचा र जनताको इच्छा पूरा भएको बताए । त्यस्तै वडा अध्यक्ष दिपक श्रीसले विद्यालयको भवन बाट सेवा दिदा धेरै समस्या भोग्नु परेको र अब आफ्नै भवन बाट सेवा प्रवाह गर्दा जनप्रतिनिधि ,कर्मचारी एवम् जनतालाई पनि सहज हुने उल्लेख गरे । २०७९ माघमा डि कन्ट्रसक्न प्रालिले २०८० माघ भित्र  भवन सम्पन्न गर्ने गरि ५२ लाखमा सम्झौता गरेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता